प्रधानमन्त्री बाबुरामले पनि भेटे शुशिललाई

१८ मंसिर २०६९, सोमबार १५:३५ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले आफलाई सहयोग गर्न भन्दै कांग्रेस सभापति शुशिल कोइरालासंग भेट गरेका छन् । सभापति कोइरालासँग भेटमा  भट्टराईले बैशाखमा निर्वाचन गर्ने गरी शीर्ष नेताहरु सहमतिमा पुग्नुपर्ने आग्रह गरेका थिए । शीर्ष नेताहरुले गर्ने सहमतिमा आफ्नो पूर्ण समर्थन रहने भन्दै उनले आफू सहमतिको बाधक नबन्ने विश्वास दिलाएका थिए । सबैको सहमति भए आफू त्याग गर्न तयार रहेको भट्टराईले आफ्नो प्रतिवद्धता दोहोर्‍याएका थिए ।
उनले निर्वाचन आयोगमा रिक्त भएको प्रमुख तथा अन्य आयुक्तको नियुक्तिसँगै सर्वोच्चमा रिक्त हुँदै गएको न्यायाधीश पदपूर्ति तथा अस्थायी न्यायाधीशको म्याद थप सम्बन्धमा भट्टराईले कोइरालासँग छलफल गरेका थिए । दलहरुबीच सहमति जुटाएर तीन दिन भित्र नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारीमा प्रधानमन्त्री छन् ।
दाहाल र भट्टराईसँगको भेटपछि कोइरालाले पार्टीका नेताहरुसँग छलफल गर्न पदाधिकारी बैठक डाकेका छन् ।संवैधानिक निकाय रिक्त हुन लागेका विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्

काठमाडौं।नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम

चितवन।आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत मागेका