मालीको सरकार कब्जाप्रति युरोपेली सङ्घद्वारा विरोध

११ चैत्र २०६८, शनिबार १४:४० मा प्रकाशित

काठमाडौ, ११ चैत । अफ्रिकी मुलुक मालीको सेनाले गरेको सत्ता विद्रोहको विषयलाई लिएर विभिन्न पश्चिमा मुलुकहरुले विरोध जनाएका छन् । गैरकानूनी एवम् अप्रजातान्त्रिक ढंगले सैनिक कु गरेर राष्ट्रपतिलाइ भगाएको भन्दै युरोपेली युनियनले विरोध जनाएको छ । विद्रोही सेनाको सत्ता कब्जापछि अमेरिकाले त्यसको विरोध गरेको थियो भने चीनले पनि कडा विरोध गरेको छ । चीन सरकारले घटना गैरकानुनी भएकोले चीन सरकारले यसलाई कदापि समर्थन नगर्ने जनाएको छ । युरोपेली सङ्घले पनि त्यस्तो  अवस्थाको विरोध गर्दै प्रजातन्त्र र शान्तिका लागि त्यहाँका राजनीतिक दलहरूलाई एकजुट भएर कामगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको