भट्टराई समार्थन जुटाउने कार्यमा दाहाल सक्रिय

१८ मंसिर २०६९, सोमबार १५:२६ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई नै सहयोग गर्न कांग्रेस सभापति सुशील कोइरालासँग आग्रह गरेका छन् ।
कोइराला निवास महाराजगञ्जमा आज भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी हुन सुझाव दिएका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष दाहालले वर्तमान भट्टराई सरकारमा कांग्रेसलाई पनि सहभागी हुन आग्रह गरेको बताए । ‘प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सहमतीय बनाउँन कांग्रेससँग प्रस्ताव गरेको छु,’ उनले भने, ‘भट्टराईकै पक्षमा सहमति बन्न नसके मात्रै अरु बिकल्प खोजौंला ।’
राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय सकिन अब २ दिनमात्र बाँकी रहँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापतिसंग भेट गरेका हुन् । राष्ट्रिय सहमतिको सरकारका विषयमा विषयमा दाहाल र कोइरालाबीच छलफल भएपनि कुनै सहमति भने जुटेको छैन । भेटपछि दाहालले भने ‘सहमतिको प्रयास भइरहेपनि सहमति भने जुटिसकेको छैन ।’ स्रोतका अनुसार भट्टराईकै नेतृत्वमा सहमतीय सरकार निर्माणका लागि दाहालले गरेको प्रस्ताव कोइरालले अस्विकार गरेका थिए । जवाफमा सभापति कोइरालाले प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बनाउँन नसकिने बताए । उनले भने, ‘यथास्थितिमा मुलुकले निकास पाउँन सकिँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार