भ्रष्टाचार गरेको आरोपमा आठ कर्मचारी निलम्बित

१८ मंसिर २०६९, सोमबार १०:४६ मा प्रकाशित

राजविराज, १८ मंसिर । भ्रष्टाचार गरेको आरोपमा सप्तरीका आठ कर्मचारी निलम्बनमा परेका छन् । जिविस सप्तरी, प्राविधिक कार्यालय र गाविस सचिवसहित आठ कर्मचारी निलम्बनमा परेका हुन् । जिल्ला प्राविधिक कार्यालयका निमित्त डिभिजनल इन्जिनियर लक्ष्मी चौधरी, इन्जिनियरद्वय तेजनारायण वाजपेयी र किशोरकुमार निलम्बनमा परेका छन् । यस्तै, जिविसका सब–इन्जिनियर खुर्सेद इक्राम पनि निलम्बनमा परेका छन् । गाविस सचिवहरूमा बैरवाका देवनारायण साह, डाढाका नारायण यादव, दिघवाका बलदेव यादव र बनैनियाँका देवनारायण यादव पनि निलम्बनमा परेका छन् ।
दुई साताअघि उपप्रधान एवं स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको उच्चस्तरीय टोलीले सप्तरी आएर वस्तुस्थिति बुझेपछि उनीहरूलाई निलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार