सिफारिसभन्दा बढी तोकियो पुस्तकको मूल्य

१८ मंसिर २०६९, सोमबार १०:४१ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यपुस्तकको मूल्य बढाएको छ । केन्द्रले पाठ्यपुस्तक मूल्य निर्धारण समितिले सिफारिस गरेभन्दा ५ प्रतिशत बढी मूल्य बढाएको छ ।
समितिद्वारा प्रस्तावित मूल्यमा पुनरावलोकन गर्दै ५ प्रतिशत बढाइएको केन्द्रका महानिर्देशक दिवाकर ढुंगेलले बताए । महानिर्देशक ढुंगेलका अनुसार प्रस्तावअनुरूप मूल्य तोक्दा घाटा हुने भएकाले ५ प्रतिशत थपिएको हो । नयाँ मूल्यअनुसार प्रतिपेज सादा ९४ रुपियाँ ५ पैसा, डवल कलर एक रुपियाँ १० पैसा र मल्टिकलर एक रुपियाँ ३१ पैसा हुनेछ ।  पाँच हजारभन्दा कम पुस्तक छाप्ने निजी प्रकाशन गृहलाई यो नियम लागू हुनेछ । जनक शिक्षा सामग्री केन्द्रको प्रतिपेज सादा ३५ पैसा, डबल ४० र मल्टिकलर ४५ पैसा मूल्य तोकिएको छ भने पाँच हजारभन्दा बढी छाप्ने प्रकाशनलाई सादा प्रतिपेज ९९ रुपियाँ २५ पैसा, डबल ९९ रुपियाँ ७५ र मल्टिकलर एक रुपियाँ १५ पैसा रहनेछ भने शिक्षा केन्द्रको प्रतिपेज ३२ पैसा, डबल ३६ पैसा र मल्टिकलर ४५ पैसा छ । सामग्री केन्द्रले पहिले प्रतिपेज सादा २७ पैसा र  डबल कलर २६ पैसामा छाप्दै आएको थियो ।
मूल्य बढे पनि अभिभावकलाई असर नपर्ने महानिर्देशक ढुंगेलले बताए । कागज र मसीको मूल्य बढेकाले पुस्तकको भाउ बढाइएको उनको भनाइ छ । केन्द्रका उपनिर्देशक गणेश भट्टराईले मूल्य बढे पनि निश्चित मूल्य तोकेको हुनाले प्रकाशन गृहले मनपरी गर्न नपाउने दाबी गरे ।  उनले पहिलोपटक तोकिएको मूल्यमा केन्द्रको प्रकाशन शैली पुस्तकअनुसार पुस्तक छाप्नुपर्ने व्यवस्था गरिएको बताए । केन्द्रले हेरेका प्रकाशन गृहलाई मूल्य सूची राष्ट्रिय पत्रिकामा प्रकाशन गर्नसमेत भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार