वैदेशिक रोजगारमा संलग्न महिलाको अवस्था नाजुक

११ चैत्र २०६८, शनिबार १४:३९ मा प्रकाशित

काठमाडौ, ११ चैत । करिब डेढ वर्षको अवधिमा वैदेशिक रोजगारीमा संलग्न २ हजार ८ सय २२ जनालाई उद्धार गरिएका मध्ये ४ सय १५ जनाले मानसिक सन्तुलन गुमाएको जानकारी दिइएको छ ।  हेटौंडामा आज भएको मानव अधिकारका लागि जनमञ्च पिपुल फोरम र पौरखी नेपालको कार्यक्रममा युएन ओमनले गरेको यस्तो जानकारी सार्वजनिक गरिएको हो । अध्ययन अनुसार १ सय ११ जना महिला खाडी र लेबनानको जेलमा रहेको कार्यक्रममा युएन ओमन क्षेत्रीय संयोजक सरु जोशी श्रेष्ठले जानकारी दिनुभयो । डेढ वर्षको अवधिमा ८६ महिला गर्भवती भएर र ३२ जना नयाँ जन्मेका शिसुसहित फर्किएको कार्यक्रममा जानकारी गराइएको हो । यो समयावधिमा विदेशमै आत्महत्या गर्ने महिलाको संख्या ३२ रहेको छ । जोखिमका बीचमा वैदेशिक रोजगारीका लागि गएका महिलाहरुलाई फर्किसकेपछि पनि परिवार समाजमा पुनस्थापित हुन नसकेको बारेमा समेत कार्यक्रममा छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा