राज्यकोष दुरुपयोग गर्दै बनका कर्मचारी मुक्तिनाथ तिर्थाटनमा

१८ मंसिर २०६९, सोमबार ०९:२२ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी / मुस्ताङ, १८ मंसिर । बन मन्त्रालयअन्र्तगतका कर्मचारीहरु राज्यकोष दुरुपयोग गदै मुक्तिनाथको तिर्थ गर्न आएका छन् । हिन्दुहरुकोे पबित्र तिर्थस्थल मुक्तिनाथको तिर्थ गर्न राज्यको ढुकुटीबाट खर्च गर्नेगरी पश्चिमाञ्चलका १६ जिल्लाका वरिष्ठ बन कर्मचारीहरुको जम्वोटोली बन कार्यालयर क्षेत्रिय बन निर्देशनालयका गाडीसहित मुस्ताङ आएका हुन् । अधिकांश ंवरिष्ठ कर्मचारीले आफ्ना परिवारका सदस्यलाई सँगै लिएर घुम्न आएका हुन् ।

नेपालका बरिष्ठ कर्मचारीहरु मुक्तिनाथ घुम्ने बाहानामा कागजी रुपमा अनेक कार्यक्रम गरेको देखाउदै राज्यलाई गुमराहमा पारेर आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्ने गरेको मार्फा पुथाङका सकबहादुर लालचनले आरोप लगाउनुभयो । अनेक बाहानाबाजी गदै मन्त्रीदेखि बरिष्ठ कर्मचारीहरु मुस्ताङको बिकासका लागि नभई केवल मुक्तिनाथको दर्शनका लागि आउनु दुर्भाग्यपुर्ण भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यस्तो कार्यको सबैले भण्डाफोर गर्नुपर्ने हो तर को केका लागि आउँछन थाहै हुदैन । पत्तै नदिई कागज मन्त्रालय, बिभागमा बुझाएर आउँदा जाँदाको खाने बस्ने, भाडा त परै जावोस् भत्ता समेत लिने गरेका छन् । यस्तो अनाहकमा राज्यकोष खर्च गर्न रोक्नु पर्दछ ।”
यदि बन संरक्षण गर्ने कामको समिक्षा गर्ने उद्देश्यले बरिष्ठ कर्मचारी मुस्ताङ आएको भए उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका बन क्षेत्रमा जानु पर्दथ्यो, छलफल हुनु पर्दथ्यो, मुस्ताङ आएर पनि पहिले कार्यक्रम गरेर मुक्तिनाथ जान सकिथ्यो तर उहाहरु त तिर्थाटन गर्नकै लागिमात्र आए जस्तो गरी पहिले मुक्तिनाथ गएर आउनु भयो कार्यक्रमलाई महत्व दिनु भएन र मोजमस्ती गदै मोटर बाटो भन्दा अन्यत्र जानु भएन एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताउनु भयो ।
मन्त्रालय, बिभाग, निर्देशनालयका बरिष्ठ कर्मचारीको सामन्तीपारा बेला बेला मुस्ताङमा देख्न पाइन्छ, बाहानाबाजी गरेर तल्ला कर्मचारीलाई लदाउने र आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न कागजीकाम मात्र गर्ने गरेको स्थानिय एक बिद्यालयका शिक्षक हिरामणी हिमालीले बताउनु भयो । पत्रकारसगै जिबिसको सभाहलमा जानु भएका हिमालीले भन्नुभयो, “सरकारलाई ढाट्ने कागज बनाउनका लागि कोठे रुपमा गरिएको गोप्य कार्यक्रमका बारेमा पत्रकारले सबैकुरा बाहीर ल्याउलान भन्ने डरले पत्रकारलाई मेरै अगाडी ‘किन आएको’ ‘पत्रकारहरुलाई बोलाइएको छैन’ लगायत अन्य अपशब्द समेत प्रयोग गर्नु निन्दनिय छ ।” ‘उहाहरुलाई मुक्तिनाथको दर्शन गर्नु थियो, राज्यकोषको दुरुपयोग गर्न अनेक बाहाना बनाउनु भयो’, हिमालीले भन्नुभयो । कार्यक्रममा बरिष्ठ कर्मचारीले मुस्ताङ आउदा बा १झ ८९८६, बा १झ ९३२६, बा १झ ८९१३, बा १झ ८९८५, बा १झ ८९९१, बा १झ ८६८७, बा १झ ५०९३, नम्बर लगायत १६ बटा सरकारी गाडी तथा थप कुटनितिक नियोगको निलो नम्वर भएका गाडि लिएर सयरमा आएका हुन । टोलीले सदरमुकाममा कोठे रुपमा कार्यक्रम गर्दै गरेको जानकारी पाएपछि त्यहा पुगेका पत्रकारलाई किन आएको भनेर टोलीमा सहभागी आयोजक बन मन्त्रालयका उप सचिब समेत रहनु भएका केदार पौडेल लगायतले अपसब्द समेत प्रयोग गरेको संचारकमी सुमन पुनले बताउनु भएको छ ।
बन मन्त्रालय अन्र्तगत जिल्ला भुसंरक्षण कार्यालय मुस्ताङमा कार्यालय सहायक बाहेक १० जना कर्मचारीको दरबन्दी रहेरपनि दवरन्दी मुस्ताङमै राखेर मुस्ताङ नआउने कर्मचारीको फेहरीस्त नै छ । लामो समय कर्मचारी अभाब झेलीरहेको बेलामा समेत सतप्रतिशत प्रगती गर्ने कर्मचारीको मुल्याकन गरिदैन, उल्टै हतोत्साहीत पार्ने कार्य बन मन्त्रालयले गरेका प्रसस्तै उदाहरण मुस्ताङमा छन । दरबन्दीमा कामगर्न मुस्ताङ नआउने तर यसरी तिर्थाटनसगै मोजमस्ती गर्न आउने कर्मचारी प्रसस्तै छन । बन मन्त्रालय अन्र्तगत पश्चिमाञ्चलका मनाङ, तनहु, गोर्खा, लमजुङ, कास्की, स्याङजा, पाल्पा, रुपन्देही, गुल्मी, कपिलबस्तु, अर्घाखाची, नबलपरासी, पर्वत, बाग्लुङ र म्याग्दीका बन अधिकृत १५ जना, भुसंरक्षण अधिकृत १४ जना, क्षेत्रीय निर्देशक, उपसचिब, ढोरपाटन आरक्षीत क्षेत्र, अख्तीयार दुरुपयोग, हरियो बनका प्रमुख एवं प्रतिनिधि गरि ३५ जना र उनीहरुका परिवारका सदस्य सहित करिब ७१ जनाको जम्वो टोली मुस्ताङ आएको हो । करिब ७१ जनाको जम्वोटोलीमा बरिष्ठ कर्मचारी र बरिष्ठ कर्मचारीका परिवारका सदस्य(दम्पति) रहेका छन ।
भ्रमणको नेतृत्व गदै मुक्तिनाथको दर्शनमा आउनु भएका क्षेत्रिय बन निर्देशनालयका निर्देशक राजन पोख्रलले पत्रकारलाई अपशब्द बोल्ने र जानकारी नदिने हाम्रो चाहना होइन भन्दै उपसचिब पौडेल लगायतको तर्फबाट माफी माग्नु भएको थियो । उहाले बनकै कर्मचारीका कारण पछिल्लो समय बनपैदावार संरक्षणको सट्टा फडानी बढेको स्विकार गर्नु भयो । उहाले भन्नु भयो “हामै कमजोरीका कारण बनको संरक्षणका नाममा बिनास भएको छ, हामी सुधारीएनौ भने नेपालको बनको अस्तित्व संकटमा पर्ने छ ।”
प्रमुख जिल्ला अधिकारी लक्ष्मीनाथ शर्माले बन मन्त्रालयको दोहोरो चरित्रका कारण मुस्ताङमा रहेको बन मन्त्रालय अन्र्तगतका कार्यालय र उर्जा संकटको बेला बिद्युत उत्पादन गर्ने सस्था बीच द्धन्द भएको बताउनु भयो । उहाले बन मन्त्रालयकै कारण दुई सस्था बिच समस्या उत्पन्न भएको बताउदै मन्त्रालयले स्पष्ट पार्नु पर्नै बताउनु भयो । राजपत्रमा तिब्बत र डोल्पा छुने लगायत सम्पुर्ण उपल्लो मुस्ताङ संरक्षण क्षेत्रमा पर्दछ भनिएको छ भने त्यसपछि ठीनी, छेरो, टिटिलगायत कालीगण्डकीको वारी पट्टीको भुभाग संरक्षण क्षेत्रमा पर्दछ भनि उल्लेख गरिएको छ ।
१४ गते दखि गाडी सहित मुस्ताङ आएर १५ गते मुक्तिनाथ बसेका उनीहरु १६ गते सदरमुकाम जोमसोमका सुबिधा सम्पन्न होटेलमा बसेका छन भने १७ गते लेतेमा बस्ने कार्यक्रम बनाइएको छ । जोमसोममा पत्रकारहरुसग बरिष्ठ कर्मचारी बिबाद गरी रहदा जिबिस हलमा आब २०६९÷७० को प्रथम चौमासीक प्रगति समिक्षा लेखिएको ब्यानर समेत राखीएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति