राष्ट्रपतिको अभिव्यक्तिका कारण सत्तापक्ष र विपक्षबीच फाटो बढ्यो

१८ मंसिर २०६९, सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । राष्ट्रपति रामवरण यादवले अहिलेकै सरकारलाई पनि राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने प्रतिक्रिया दिएपछि सत्तापक्षीय र प्रतिपक्षी दलहरुबीच सरकारको नेतृत्वबारेको मतभेद झनै चर्किएको छ । एमाओवादीको आइतबार बसेको पदाधिकारी बैठकले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिन सकिनेमा जोड दिनुको पछाडि राष्ट्रपतिको उक्त अभिव्यक्तिले निकै काम गरेको छ भन्न सकिन्छ । प्रतिपक्षीहरुले एमाओवादीको पदाधिकारी बैठकको निर्णयलाई ठाडै अस्वीकार गरिदिएका छन् । उनीहरुले बाबुराम भट्टराईको राजिनामा नै सहमतिका लागि पूर्व शर्त भएको दोहोर्याएका छन् ।
राष्ट्रपतिले दलहरुलाई सहमतीय सरकार गठन गर्न थपिदिएको समय–सीमा समाप्त हुन लगभग चार दिन मात्र बाँकी छ । अहिलेकै सरकारमा सबैको सहमति भए सुनमा सुगन्ध हुने भन्ने राष्ट्रपतिको प्रतिक्रिया सार्वजनिक भएपछि सत्तारुढ एमाओवादीको पदाधिकारी बैठकले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै सहमतीय सरकार बनाउनेमा जोड दियो । उता ठूला विपक्षी दलहरुले भने सत्ताधारी दलको अडानलाई अस्वीकार गर्ने क्रम जारी राखेका छन् । नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सहमतिका निम्ति एमाओवादी पुराना सहमतिमा इमानदार हुनुपर्नेमा जोड दिए । सत्ता पक्ष र सरकारले पनि सहमतिका लागि जुनसुकै त्याग गर्न तयार छौँ भनी सार्वजनिक रुपमा भनिरहेका हुनाले त्यो अभिव्यक्तिप्रति इमानदारी र प्रतिवद्धता छ भने नयाँ सहमतिको सरकार बन्न कुनै अप्ठ्यारो हुने थिएन भन्छन् प्रवक्त बडू । विपक्षीले उम्मेदवार नै दिन नसकेको बहाना सत्तापक्षले नबनाउन् भन्नेमा सचेत देखिएको कांग्रेसले पनि लगभग आफ्नो उम्मेदवार तय गरिसकेको अवस्था छ । बडूका अनुसार कांग्रेसभित्र सभापति कोइरालालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्राय एकमत भइसकेको छ ।
उता आइतबार नै मोहन वैद्य नेतृत्वको माओवादीका नेताहरु र नेपाली कांग्रेसका सभापति कोइरालाबीच भेटघाट भयो । भेटघाटमा गठबन्धनको सरकार बन्नुपर्ने र आवश्यक परे मिलेर आन्दोलनमा जाने विषयमा समान धारणा बनेको बुझिएको छ । अर्को विपक्षी एमालेले त कांग्रेसलाई समर्थन गर्ने धारणा अघिसारिसकेकै छ । एमाले अध्यक्षले आइतबार पत्रकारहरुसँगको भेटमा वर्तमान प्रधानमन्त्रीले पद त्याग नगरेसम्म दलहरुबीच सहमति जुट्न नसक्ने अडान दोहोर्याए ।
यसरी दलहरुबीचको असहमतिको लम्मिदो सृंखला नतोडिएका कारण संविधान निर्माणका अन्तरवस्तुमा सहमति जुटाएर आगामी वैशाखमा चुनाव गराउन दलहरु विफल हुनसक्ने आशंका र चिन्ता अहिले नै गरिन थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

आजको प्रमुख समाचार