पुष्पा बस्नेत बनिन् सीएनएन हिरो २०१२

१८ मंसिर २०६९, सोमबार ०९:४४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, १८ मंसिर । आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य निर्दोष बालबालिकाको शिक्षा, स्वास्थ्य, आवासमा क्रियाशिल पुष्पा बस्नेत ‘सीएनएन हिरो २०१२’ चुनिएकी छिन । संयुक्त राज्य अमेरिकाको लसएन्जल्समा नेपाली समयअनुसार आइतबार सांझ प्यासिफिक समय ६:०० बजे आयोजित भव्य समारोहमा विश्वभरका १० समाजसेवीमध्येबाट पुष्पालाई ‘सीएनएन हिरो’ घोषणा गरिएको हो । सीएनएन टेलिभिजनबाट पुरस्कारस्वरूप पुष्पाले ट्रफीका साथ २ लाख ५० हजार डलर पाएकी छन् । उनले आफुले प्राप्त गरेको रकम महिला र आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य बालबालिकाको हितमा खर्च गर्ने बताएकी छन् । संसारकै प्रतिष्ठित पुरस्कारहरूमध्येमा पर्ने ‘सीएनएन हिरोका लागि करिब १ सय मुलुकका १० हजारभन्दा बढी समाजसेवीको नाम सिफारिस भएको थियो । करिब आठ महिना अघि इन्टरनेटबाट सुरु भएको छनोट प्रक्रिया अन्तर्गत करिब दुई महिना अघिको उत्कृष्ट १० को सुचि छनौटको चरणमा उनी ‘सीएनएन हिरो’को उत्कृष्ट १० मा छनौट भएकी थिइन् । सीएनएनका अनुसार छनोट क्रममा संसारभरबाट उसको वेबसाइटमा ५०  करोड भोट परेको थियो । तीमध्ये पुष्पाले सबैभन्दा बढी पाएकी थिइन् । सीएनएन टेलिभिजनका चर्चित पत्रकार एन्डरसन कुपरले नाम घोषणा गर्नेबित्तिकै पुष्पा हर्षविभोर भएकी थिइन् । समारोहमा सामान्य पहिरनमा देखिएकी २८ वर्ष बर्षिया समाजसेवी पुष्पाले आफूलाई भोट दिने सबैलाई धन्यवाद दिइन् । थप जिम्मेवारी बढेको उल्लेख गर्दै भनिन्, ‘आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य बालबालिकाको शिक्षा, स्वास्थ्य, आवासमा क्रियाशिल पुष्पाले यस क्षेत्रका निर्दोष बाल बालिकाको हितमा काम गर्न ढिलाई भै रहेकोमा दुख व्यक्त गर्दै आफुएल प्राप्त गरेको सम्मान बाल बालिकाको हितमा समर्पित रहने बताइन । त्यसका लागि आनुहोस आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य  ति निर्दोष बालबालिकाको हितम काम गर्न हातमा हात मिलाउ ।’  ‘आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य बालबालिकाको शिक्षा, स्वास्थ्य, आवासमा क्रियाशिल पुष्पाले यस क्षेत्रका निर्दोष बाल बालिकाको हितमा काम गर्न ढिलाई भै रहेकोमा दुख व्यक्त गर्दै आफुले प्राप्त गरेको सम्मान बाल बालिकाको हितमा समर्पित रहने बताइन । त्यसका लागि उनले आग्रह गर्दै भनेकी छिन, ‘आउनुहोस आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य ति निर्दोष बालबालिकाको हितम काम गर्न हातमा हात मिलाउ ।’ भर्खर २८ वर्ष पुगेकी पुष्पाले यो उपलब्धि हासिल गर्न बितेका ७ वर्षमा निकै अप्ठ्यारा दिनहरु सामना गरेकी छिन । २१ वर्षको उमेरमा उनि एक दिन कारागार पुगिन् र  महिला बन्दीगृह देखिन । त्यहा पुष्पाले जे देखिन् त्यसले उनको जिन्दगीको यात्रानै बदलिदियो । जेलमा अभिभावावकहरू थिए साथमा निर्दोष बच्चाहरू पनि । ति निर्दोष बच्चाहरूको कष्टकर जीवनले पुष्पाको मन बिझायो, ‘आमाले गरेको अपराधमा ति निर्दोष बच्चाहरू किन जेलमा, ती निर्दोष बच्चाको के कसुर थियो र जेलमा बस्नुपर्ने ?’ पुष्पाले आफ्नो मनलाई सोधिन् । धेरै दिनसम्म पनि उनलाई प्रश्नले पछ्याई रह्यो । पति हत्याको अभियोगमा जेल परेकी थिइन् सिन्धुपाल्चोककी सन्चमाया तामाङ । उनको काखमा आठ महिनाकी छोरी थिइन् । ‘त्यो सानी केटीको अनुहारले मलाई लखेटिरह्यो,’ पुष्पा भन्छिन्, ‘उनकी आमाले त अपराध गरेकी थिइन्, तर तिनले के गरेकी थिइन् र जेल पर्नु परेको ?’ अनि उनी उत्तरको खोजीमा फेरि जेल पुगिन् । ती आठ महिने बच्चीले उनलाई बोलाइरहे जस्तो लाग्यो । उनले बच्चीका लागि केही गर्न खोजिन् । ‘तर उनकी आमाले मानिन्,’ पुष्पा सम्झिन्छिन, ‘मैले उनकी छोरीलाई हानि गर्दिन्छु भन्ने उनलाई लाग्दो रहेछ ।’ उनले जेलरलाई भेटिन् । ‘जेलभित्र त कुनै सहयोग गर्न मिल्दैन,’ जेलरले भने, ‘बाहिर बच्चा लग्ने भए लैजाऊ, तर त्यसका लागि त दर्ता भएको संस्था चाहिन्छ, छ तिमीसंग ?’ यो जेलरको उनलाई भगाउने प्रश्न थियो । तर पुष्पाले बाटो बदलिनन् । अनेक झन्झट खेप्दै उनले संस्था खोलिन् र नाम राखिन्- ‘अर्लि चाइल्डहुड डेपलपमेन्ट सेन्टर ।’ सुरुमा ढल्कुमा थियो अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टर । त्यसपछि उनी जेलका चार बच्चा दिनहु’ त्यहा’ राख्थिन् र स्याहारसुसार गरेर बेलुका जेलमै फर्काउथिन् । पछि उनले  आफैंसंग राख्न थालिन् । तिनलाई स्कुल पठाउन थालिन् । बिस्तारै उनको कामको प्रशंसा गर्नेहरूको समूह पनि ठुलै भयो । दानी र सहयोगीहरू हातहरु भेटिए । समाचारका शिर्ष स्थानमा उनको नाम आउन थाल्यो । उनको गरेको समाजसेवाको प्रशंसा फैलिदै गत वर्ष सीएनएनसम्म पुग्यो। साथीहरुले भने तर उनलाई विश्वास भएन र उनीले एक बिहानै आफ्नो फेस बुकमा पोष्ट भएको www.nepal24hors.comको समाचार पढिन त्यस्तै सीएनएनको समाचार पनि हेरिन जसले उनको कर्मले आर्जेको ख्याती प्रति विश्वास गर्न बाध्य तुल्यायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार