प्रियंकाको अनुभवः वेश्या बन्न गार्‍हो रहेछ

१८ मंसिर २०६९, सोमबार ०२:५६ मा प्रकाशित

काठमाडौं । करिब दुई हप्ताअघि नायिका प्रियंका कार्कीको बारेमा समाचार सार्वजनिक भयो, ‘वेश्या बन्न प्रियंका ठमेलतिर ।’ तर यौनकर्मी बन्न ठमेल पुगेकी उनलाई आजकाल लाग्न थालेको छ, ‘वेश्या बन्न गार्‍हो रहेछ ।’ सामान्य जीवनमा भन्दा भिन्न हाउभाउ, बोलीचाली देखाउनपर्ने हुँदा प्रियंका यस्तो निष्कर्षमा पुगेकी हुन् । यो निचोडमा पुग्नुअघि प्रियंकाले गएको सोमाबार साढे आठदेखि १० बजेसम्म ठमेलका सडकमा बिताइन् । ‘हामी भेट हुँदा जसरी बोल्छौं त्योभन्द नितान्त भिन्न बोलीचाली हुँदोरहेछ, उनीहरुको,’ उनले भनिन् । चलचित्र ‘झोले’मा यौनकर्मी महिलाको भूमिकामा देखिंदैछिन्, प्रियंका । त्यही भएर यौनकर्मी महिलाबारे बुझ्न उनी ठमेल धाउन थालेकी हुन् । कस्तो लाग्यो त उनीहरुको जीवनशैली ? ‘एकदमै फरक । मान्छेसँग बोल्दासमेत फरक ढाँचामा उभिनुपर्ने । बोल्ड शब्दहरु बोल्नुपर्ने,’ उनले अनुभव सुनाइन्, ‘साँच्चै गार्‍हो रहेछ, उनीहरुको जीवन ।’ बोली, मेकअप, कपालको शैली सबै फरक देख्दा उनलाई लाग्यो रे, मान्छे यिनीहरुलाई देखेर छिछि दुरदुर गर्छन् । तर उनीहरुको मजबुरीबारे कसले सोचेको छ ?’ अस्वभाविक बडी ल्यांग्वेजद्धारा ग्राहकलाई फकाउनुपर्ने कुरा पि्रयंकालाई अनौठो लागेछ । ‘मुख बाएर कुरा गर्ने, आँखा पनि ठूल्ठूला बनाउने । साँच्चै बनावटी हुँदोरहेछ उनीहरुको जीवन,’ उनले भनिन् । सडकमा रहेका यौनकर्मीहरुलाई नियालेर उनीहरुबारे पहिलो चरणको ज्ञान लिएकी पि्रयंका अब भने भेटेरै गफ गर्ने सुरमा छिन् । ‘नजिक भएर उनीहरुको बारे बुझें भने सिनेमामा न्याय गर्न सक्छु,’ उनले भनिन् । तपाइँ पनि ठमेल पुगेर यौनकर्मी महिला खोज्दा अनुसन्धान गरिरहेकी नायिका प्रियंकालाई भेट्नुहोला नि ? ख्याल गर्नोस् है । Source: FilmNepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्