मनीषा थप उपचारका लागि न्युयोर्क आइपुगिन, स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार गरिदै

१८ मंसिर २०६९, सोमबार ००:१० मा प्रकाशित

न्युयोर्क, १८ मंसिर । क्यान्सर रोगले ग्रस्त अभिनेत्री मनीषा कोइराला थप उपचारका लागि आइतबार अमेरिकाको न्युयोर्क आइपुगेकी छिन । उनको साथमा पिता प्रकाश कोइराला, आमा सुष्मा र भाए सिद्धार्थ पनि सँगै अमेरिका आएका छन् । स्थानीय समय अनुसार आइतवार बिहानै न्यूजर्सीको नेवार्क एयरपोर्ट अवतरण पछी उनलाई न्युयोर्कको स्लोन केटरिङ क्यान्सर सेन्टरमा लागिएको छ । उनका पारिवारिक स्रोतले दिएको जानकारी अनुसार आइतवार स्लोन केटरिङ क्यान्सर सेन्टरमा चिकित्सक हरुले उनको स्वास्थ्य परिक्षण र परामर्श गरिएको छ । मनीषाकी नातेदार मृदुला कोइरालाले दिएको जानकारी अनुसार चिकित्सकहरुसँग आजै मनीषाको डाक्टरहरुसंग परामर्श भै रहेको छ । न्युयोर्क स्थित एक होटेलमा सपरिवार बसेकी मनीषालाई अहिले सम्म अस्पतलमा भर्ना अग्रिएको छैन । न्युयोर्क स्थित मृदुला कोइरालाका अनुसार यो साताको उपयुक्त दिनमा मनीषाको शल्यक्रिया हुने छ । गत साता पाठेघरसम्बन्धी क्यान्सर भएको अनुमान सहित मनिषालाई उपचारका लागि उपचारार्थ मुम्बई स्थित जसलोक अस्पतालमा भर्ना गरिएको थियो । मुम्बई स्थित जसलोक अस्पतालमा बिहीवार भर्ना गरिएकी मनीषालाई आवश्यक परीक्षणहरु गरिएपछि शुक्रवारै थप उपचारको लागि अमेरिका ल्याउन डिस्चार्ज गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

आजको प्रमुख समाचार