१५ करोड रुपैयाको लागतमा बिश्वकै ठुलो हनुमान मुर्ति स्थापना गरिने

१७ मंसिर २०६९, आईतवार २३:३० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १८ मंसिर । ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं पर्यटकिय दृष्टीले महत्वपुर्ण स्थलका रुपमा परिचत बुटवल १५ स्थित जितगढी परिसरमा बिश्वकै ठुलो हनुमान मुर्ति स्थापना गरिने भएको छ । जितगढीको ऐतिहासिक महत्वलाइ बिश्वभर प्रचारप्रसार गरि उजागर गर्नुका साथै धार्मिक र सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बिश्वकै अग्लो १ सय ५१ फिट उचाइको शंकटमोचन हनुमान मुर्ति स्थापना गर्न लागिएको हो । भक्ति, बिबेक, त्याग, समर्पण र पराक्रमको स्वरुप मानिने हनुमान जिको मुर्ति स्थापना गरि समस्त नेपालीको गौरब जितगढी किल्लाको गरिमा बढाउन यसले महत्वपुर्ण भुमिका खेल्ने हनुमान सेवा समितिले जनाएको छ । करिब २ बिगाहा क्षेत्रफलमा पर्यावरणिय पार्क सहित निर्माण गरिने सो मुर्तिको नमुना स्वरुप १ सय ५१ सेमिको हनुमान मुर्ति भारतको राजस्थानबाट दिल्ली हुँदै यहाँ पुराईएको छ भने यो लुम्बिनीको बुद्ध, काठमाडौँको साँगामा रहेको शिवजीको मुर्ति जस्तै बिश्वकै नमुना बनाउने दाबी गरिएको छ । करिब १५ करोड रुपैयाको लागतमा निर्माण हुने सो हनुमान मुर्ति र पर्यावरणिय पार्क आगामी ५ बर्षभित्र पुरा गरिने र सो कार्य सम्पन्न गर्नका लागि भारतको राजस्थानबाट एक दर्जन कारिगढ झिकाईएको हनुमान सेवा समितिका अध्यक्ष अशोक कुमार बर्माले बताउनु भएको छ । सो हनुमान मुर्ति र पार्क निर्माण सम्पन्न गर्न लाग्ने रकम जुटाउन यहाँ हनुमान चालिसा बृहत महायज्ञ संचालन गरिने तथा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सहयोग संकलन लगाएतका कार्यहरु गरिने अध्यक्ष बर्माले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर