सचिवालयले बुझायो नेपाली सेनालाई समायोजन हुने लडाकुको विवरण

११ चैत्र २०६८, शनिबार १४:३३ मा प्रकाशित

काठमाडौ, ११ चैत । नेपाली सेनामा समायोजन हुन चाहने लडाकुहरुको विवरण माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुनःस्थापना सम्बन्धी विशेष समिति मातहतको सचिवालयले सेनालाई बुझाएको छ ।
९ हजार ७ सय समायोजन रोजेका लडाकुको ब्यक्तिगत विवरणको अध्ययन पछि  सेनाले समायोजनको कार्ययोजना प्रस्ताव तयार पार्ने र त्यसपछि भोलिको बैठकबाट थप छलफल हुने कार्यक्रम तय भएको छ । नेपाली सेनाले लडाकुको ब्यक्तिगत विवरण फाइल अध्ययन गरेर पहिलो चरणमा समायोजनमा जान योग्य हुने लडाकुको प्रारम्भिक सूची तयार पार्ने छ । लडाकु भर्ना सम्बन्धी सामान्य सिद्धान्त २०६४ र सात बुँदे सहमतिलाई आधार बनाएर मापदण्ड हेरि समायोजनको सूची तयार पारिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी