गुल्मीमा यसबर्ष ९ करोडको सुन्तला बिक्रि हुने

१७ मंसिर २०६९, आईतवार २३:२८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १८ मंसिर । अन्य खेतीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी भएपछि किसानहरु व्यवसायीक सुन्तला खेतीमा लागेका छन । अन्य खेती छोडेका किसानहरुले ६० र्वष देखि निरन्तर सुन्तला खेती मात्र र्गने गरेका छन । पछिल्ला बर्षहरुमा गाउँ गाउँसम्म सडक विस्तार भएको र शहरका व्यवसायीहरु सुन्तला खरीदका लागि किसानका बारीमै पुग्न थालेपछि किसान थप उत्साहित छन। विक्रिका लागि सहज बजार र कम मेहनतमा आम्दानी बढी हुन थालेपछि किसानहरु अन्य खेती छोडेर सुन्तला उत्पादनमा लागेको कृषि र्कायालयले जनाएको छ । गत र्वष सुन्तला बिक्रिबाट मात्र झण्डै ८ करोड रुपैंया रकम भित्रिएको थियो । यस र्वष सुन्तला उत्पादन ३ सय मेटिक टनले बढेको र्कायालयले जनाएको छ । कृषि विकास र्कायालयका अनुसार जिल्लाका पिपलधारा, र्अखले, हाडहाडे, भनभने, नयाँगाउँ, दिगाम, र्अलाङ्कोट, र्पुकोट, बस्तु, जैसीथोक, जुभुङ्ग लगायतका र्दजनौ गाविसमा व्यवसायीक सुन्तला खेती हुने गरेको छ । सुन्तला बिक्रीबाट एकै व्यक्तिले बर्षमा ८ लाख सम्म आँम्दानी र्गने गरेका पिपलधारका सुन्तला कृषक बिस्नु खनालले बताए । जिल्लाभर व्यवसायीक रुपमै सुन्तला उत्पादन र्गनेहरुको संख्या बढ्दो छ । सुन्तला विक्बिाट मात्र वार्षि २ लाख रुपैंयासम्म आम्दानी गर्न कृषक झण्डै ४ सय रहेको कृषि विकास र्कायालयले जनाएको छ । कृषि विकास र्कायालयका योजना अधिकृत मणिरत्न अर्यालका अनुसार गत र्वष २ हजार ४ सय ४८ मेट्रिक टन उत्पादन भएकोमा यस र्वष उत्पादन बढेर २ हजार ७ सय मेटिक भन्दा बढी भएको छ । यस र्वष सुन्तला बिक्री गरेर मात्र जिल्ला भर ९ करोड रुपैंया भित्रिने अर्याललै बताए । जिल्लाभर झण्डै ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

आजको प्रमुख समाचार