प्याब्सन रुपन्देहीको विशेष जिल्ला भेला

१७ मंसिर २०६९, आईतवार १८:११ मा प्रकाशित

रुपन्देही, १७ मंसिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन, नेशनल प्याब्सन रुपन्देहीको विशेष जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । भेलाले कृष्ण पौडेलको अध्यक्षतामा ११ सदस्यीय नया नेतृत्व चयन गरेको छ ।
भेलाको उद्घाटन गर्दै एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले शैक्षिक सुधारका लागि राज्यले शिक्षा क्षेत्रमा गरेको लगानीको सही सदुपयोग हुन नसकेको बताउनुभयो । उहाले शिक्षामा नीजि क्षेत्रको लगानीले उल्लेख्य परिर्वतन ल्याएको कुरालाई राज्य ग्रहणले गर्न नसकेको धारणा राख्नुभयो ।
कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले सबै नागरिकलाई शिक्षाको पहुचमा पुराउने सरकारी अभियानलाई नीजि क्षेत्रले सहयोगिको भूमिका खेलेको बताउदै सबै इमान्दार बन्न आग्रह गर्नु भयो । एशोशियसनका जिल्ला अध्यक्ष बालाकृष्ण तिवारीको अध्यक्षता, सचिव तिलक केसीको सञ्चालनमा भएको कार्यक्रममा प्याव्यसनका पूर्व केन्द्रीय सदस्यहरु राजु गुरुङ, गिरिराजविक्रम खड्का, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, शिक्षा पत्रकार कृष्ण मल्ल, एन.प्याव्सन रुपन्देहीका पूर्व अध्यक्ष रामराज भट्टराई, विष्णु पौडेल, पुस्तक व्यवसायी महासंघका अध्यक्ष हेमानन्द शर्मा लगायत बोल्नु भएको थियो । उक्त अवसरमा प्याव्सन रुपन्देहीबाट एन.प्याव्सनमा प्रवेश गरेका करिव ३० जनालाई सदस्यता प्रदान गरिएको थियो ।
भेलाले उपाध्यक्षमा देउप्रकाश राई, सचिवमा तिलक केसी, सह.सचिवमा पुरन वस्याल, कोषाध्यक्षमा रामबहादुर गुरुङ, सहकोषाध्यक्षमा ज्ञानुराम भारती र सदस्यहरुमा बोधराज गौडेल, महेश पाण्डे, केशव काफ्ले, सीवी थापालाई चयन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

आजको प्रमुख समाचार