कांग्रेस नेता स्व. तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरियो

१७ मंसिर २०६९, आईतवार १८:०६ मा प्रकाशित

काठमाडौं, १७ मंसिर । कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङलाई राष्ट्रिय सम्मानका साथ बौद्ध परम्परा अनुसार आज अन्त्यष्टि गरिएको छ ।
काठमाडौंको स्वयंभुमा तामाङलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको कांग्रेसले जनाएको छ । त्यागी नेताका रुपमा पहिचान बनाएका तामाङलाई सरकारको निर्णय अनुसार राष्ट्रिय सम्मान स्वरुप सलामी दिईएको हो । शनिबार विहान ७८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएका तामाङलाई कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो ।
शव यात्रा निकाल्नु अघि कांग्रेस सभापति सुशील कोइरालाले तामाङलाई श्रद्धाञ्जली दिएका थिए । कांग्रेस पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित तामाङलाई बौद्ध पुराईएको थियो । शव यात्रामा सैयौं शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
यस अघि, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सानेपा पुगेर नेता तामाङलाई श्रद्धाञ्जली दिए । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङलगायतले पनि तामाङलाई श्रद्धाञ्जली दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

आजको प्रमुख समाचार