सशस्त्र महानिरीक्षक भारत प्रस्थान

१७ मंसिर २०६९, आईतवार १७:५० मा प्रकाशित

काठमाडौं, १७ मंसिर । आतंकवाद नियन्त्रण, अवैध हातहतियार, लागूऔषध, सीमा अपराध, नक्कली मुद्रा नियन्त्रण, सूचनाको आदानप्रदान लगायतका विषयमा छलफल गर्न आयोजित द्विपक्षीय छलफलमा सहभागिताका लागि नेपाली टोलीको नेतृत्व गर्दै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन् । वन्तका साथ सशस्त्र प्रहरी बलको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय सुशिलकुमार श्रेष्ठ र शैलेन्द्र खनाल तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेश श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर शाह, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक देवराज भट्ट, गृहमन्त्रालयका उपसचिव शम्भुप्रसाद घिमिरे पनि भारत लागेका छन् । सशस्त्र प्रहरी महानिरीक्षकबाट नेपाली वार्ताटोलीको नेतृत्व गर्दै यस तहमा छलफल हुन लागेको यो पहिलो अवसर भएको एपीएफले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो