बाबुरामले सत्ता छाड्नुको विकल्प नरहेको विपक्षी दलहरुको ठहर

१७ मंसिर २०६९, आईतवार १७:५९ मा प्रकाशित

काठमाडौं, १७ मंसिर । विपक्षी दलहरुले बाबुराम भट्टराईले सत्ता छाड्नुको विकल्प नभएको निष्कर्ष निकालेका छन् । कांग्रेस, एमाले र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भट्टराईको राजीनामा सहमतिको पहिलो शर्त भएको स्पष्ट पारेको हुन् । उनीहरुले भट्टराईको राजीनामा नआएसम्म अरु विकल्पमा छलफल हुन नसक्ने पनि स्पष्ट पारेका छन् ।
समयसीमाभित्रै सहमतिको प्रयास गर्न आज कांग्रेस सभापति शुशिल कोइरालको निवास महाराजगञ्जमा बसेको कांग्रेस र नेकपा–माओवादीको बैठकले भट्टराईको राजीनामा नआउनजेल आन्दोलन चर्काउने निर्णय समेत गरेका छन् ।
यसअघि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतीय सरकारका निम्ति बाबुराम भट्टराई नै एक मात्र ‘उपयुक्त पात्र’ भएको जिकिर गर्दै कांग्रेस–एमाले भट्टराईलाई मान्न तयार रहेको दाबी गरेका थिए ।
कांग्रेस सभापति सुशील कोइराला तथा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल र नेता देव गुरुङबीच आइतबार कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा सरकार विरुद्ध सँगै सडक संघर्ष गर्ने पनि सहमति बनेको हो ।
‘सहमतिका लागि वर्तमान सरकार हट्नुको विकल्प छैन,’ बैठकपछि नेता गुरुङले भने ‘त्यसका लागि संवाद र वैधानिक बाटो बन्द भयो भने सडक संघर्षमा जाने निष्कर्षमा पुगेका छौं ।’ कोइरालाले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कुनै सहमति नहुने दाबी गरे । राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि पुनः थप गरेको समयसीमा बुधबार सकिंदैछ । एमाले अध्यक्ष झलनाथ खनालले पनि सहमतिको बाधक प्रधानमन्त्री बाबुराम भट्टराई भएकोले उनले पद नछाडेसम्म कुनै सहमति हुन नसक्ने बताएका छन् । उनले बाहिर हल्ला गरिए जस्तो भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने बताए । उनले भने, ‘म फेरि पनि भन्छु बाबुराम भट्टराईको नेतृत्वमा सहमति हुनै सक्दैन, फेरि पनि हुँदैन, फेरि पनि हुन सक्दैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार