क्षेतिपुर्ति माग गर्दै सडक बन्द

१७ मंसिर २०६९, आईतवार १५:३८ मा प्रकाशित

नेपालगन्ज, १७  मंसिर । सवारी दुर्घटनामा एक बृद्धको मृत्यु भएपछि आफन्त र स्थानीयबासिन्दाले क्षेतिपुर्तिको माग गर्दै नेपालगन्ज कोहलपुर सडक अवरुद्ध गरेका छन् ।
आज दिउँसो करिब २ बजे कारकादो ( २ का ६५ बर्षीय बृद्ध बिपत अहिरलाई भारतीय नम्बरप्लेटको ट्रकले नेपालगन्ज  कोहलपुर सडक खण्डको भुजईगाउँ चोकमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रोसित आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । प्रहरीले सडक खुलाउने प्रयत्न गरेपनि सफल हुन सकेको छैन् । नेपालगन्जबाट कोहलपुर तर्फ जाँदै गरेको युपि १२ टि २८४८ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको जनाएको छ ।
स्थानीयले सडकबाट शव उठाउन दिएका छैनन् । चालक र ट्रक आफूहरुलाई नबुझाउँदासम्म जाम नखोल्ने चेतावनी उनीहरुले दिएका छन् । अकस्मातको बन्दले दर्जनौं सवारिसाधन र यात्रु सडकमा अलपत्र परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार