महिला पत्रकारद्धारा समावेशीताको विषयमा प्रधानमन्त्रीको ध्यानआर्कषण

११ चैत्र २०६८, शनिबार १४:२५ मा प्रकाशित

काठमाडौ, ११ चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले संचार क्षेत्रमा महिलाहरुलाई माथिल्लो तहमा पुग्न उनीहरु पनि संगठित हुनुपर्ने औल्याउनु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज पत्रकार महिलाहरुसंगको ध्यानाकर्षणपत्र बुझ्दै  क्रममा प्रधानमन्त्री डा भट्टराईले सरकारले पनि संचार क्षेत्रमा महिलाहरुलाई नीति निर्माण तहमा पुर्याउन आवश्यक निती नियमकालागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
भेटका क्रममा प्रधानमन्त्री डा भट्टराईले पित्तृसत्तात्मक सोचका कारण नै हरेक क्षेत्रमा महिलाहरुलाई पछाडि पारिएको बताउनुभयो । संचार क्षेत्र पनि यसवाट अछुतो रहन नसकेको भन्दै उहाले  महिलाहरुलाई   प्रजनन कै कारण बिभेद गर्न नहुने र यसमा सरकारले आवश्यक कदम चाल्ने उल्लेख गर्नुभयो
न्युनतम पारिश्रमिक सरकारी संचार माध्यमबाटै सुरु गर्नूपर्ने प्रधानमन्त्री भट्टराईको भनाई थियो । यसवारे  अहिले आफुले बिभिन्न सरोकारवालाहरु संग छलफल गरि कार्यान्वयनका लागि  आफुले छलफल गरिरहेका जानकारी पनि दिनुभयो ।
पत्रकार महिलाहरुको संस्था संचारिका समुह र क्रियाशील पत्रकार महिलाले प्रधानमन्त्रीलाई भेटी पत्रकारितामा महिलाहरुले भोगीरहेका समस्या र राज्यले निधाउनु पर्ने भुमिकाका बारेमा ध्यानाकर्षण गराएका हुन । यसक्रममा उनीहरुले ११ बुदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता