कांग्रेस र वैद्य माओवादीबीच भेटवर्ता

१७ मंसिर २०६९, आईतवार १५:२४ मा प्रकाशित

काठमाडौं, १७ मंसिर । कांग्रेस सभापति सुशील कोइराला र नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलबीच आज भेटबार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटमा सहमतीय सरकार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको हो । भेटका क्रममा सभापति कोइरालाले नेकपा–माओवादीसँग कांग्रेस नेतृत्वमा बन्ने सहमतीय सरकारलाई सहयोग गर्न आग्रह गरेको नेता देब गुरुङले जानकारी दिए ।
जवाफमा नेकपा–माओवादी उपाध्यक्ष गजुरेलले सहमतिमा कांग्रेसले नेतृत्वपाए सहयोग गर्न तयार रहेको बताए । कोइराला र गजुरेलबीच प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहयोग गर्न नसकिने सहमति भएको नेता गुरुङले बताए ।
कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउन परामर्श चलिरहेका बेला सभापति कोइराला र उपाध्यक्ष गजुरेलबीच भेटबार्ता भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार