बाबुरामकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने एमाओवादीको दावी

१७ मंसिर २०६९, आईतवार १५:२१ मा प्रकाशित

काठमाडौ,  १७ मंसिर । एमाओवादीले बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरेको छ । आज पत्रकारसंगको नियमित भेटघाटमा पार्टी प्रवक्ता अग्नी सापकोटाले यसतो बताएका हुन् । उनले भने, ‘ढिलो चाँडो भट्टराईकै नेतृत्व सबैले स्विकार्ने छन् ।’
विपक्षी काग्रेस, एमाले र नेकपा–माओवादी समेतले आइतबार बाबुराम भट्टराईको नेतृत्वमा सहमतीय सरकार स्विकार्य नहुने बताइरहेको बेला एमाओवादीको उक्त धारणा सार्वजनीक भएको हो ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले पनि भट्टराई नेतृत्वमै सहमतीय सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको सापकोटाले जानकारी दिए । ‘बाबुराम भट्टराई नेतृत्वमा सहमतीय सरकार बन्ने धरातल बन्दै गएको छ । त्यो कुरालाई राष्ट्रपति र अन्य राजनीतिक दलले पनि ममशुश गरेका छन्,’ सापकोटाले भने ‘ढिलो चाँडो उहाँकै नेतृत्वमा सरकार बन्छ ।’ उनले विपक्षीहरुले राष्ट्रपतिलाई अनावश्यक उचालेर विवादमा पारेको भन्दै अहिले त्यस्तो परिस्थिति नरहेको दावी गरे । उनले भने ‘शितल निवास र सिंहदरवारबीच सुमधुर सम्बन्ध छ ।’
राष्ट्रपतिले सहमतीय सरकार निर्माण्ँका लागि सहमति जुटाउन दलहरुकै आग्रहमा थपेको ७ दिनको चौथो दिन बित्नलाग्दा पनि सहमतिको प्रयास भएको देखिदैंन । सबै दल आ–आफ्नै अडानमा कायम छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।