प्रधानमन्त्रीले आज पनि साना दलहरूसँग छलफल गर्नुहुँदै

११ चैत्र २०६८, शनिबार ०९:५० मा प्रकाशित

काठमाडौ, ११ चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज संविधानसभाका साना दलहरूसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री कार्यालय सिंहदरबार दिउँसो सवा १२ बजे दलहरूसँग छलफल हुने प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । साना दलहरूसँग प्रधानमन्त्रीले शान्ति प्रक्रिया, संविधान लेखन, सरकारको काम कारवाहीलगायतका विषयमा छलफल गर्नुहुने छ । आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि अप्ठेरोमा पर्नुभएका प्रधानमन्त्री भट्टराईले साना दलहरूसँग छलफल गर्न लाग्नुभएको हो । उहाँले सरकारलाई समर्थन गर्न आगह्र गर्नुहुने बताइएको छ । हिजो पनि केही साना दलहरूसँग छलफल गर्नुभएका प्रधानमन्त्रीले केही समयपछि सरकार पुनर्गठन गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत