तामाङ निष्ठा र सरलताको प्रतीक हुन् : प्रचण्ड

१७ मंसिर २०६९, आईतवार १५:०२ मा प्रकाशित

काडमाडौं, १७ मंसिर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले स्व. भीमबहादुर तामाङ निष्ठा र सरलताको धरोहर भएको बताएका छन् । स्व तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आज विहान नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका दाहालले यस्तो बताएका हुन् ।
तामाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि शनिबारदेखि पार्टी कार्यालयमा राखिएको थियो । श्रद्धाञ्जलिपछि सञ्चारकर्मीमाझ अध्यक्ष दाहालले निष्ठा र सरलताको शिखर व्यक्तित्वका रुपमा हामी सबैका लागि प्रेरणा र शिक्षा दिएर भीमबहादुर तामाङ बिदा हुनुभएको स्मरण गरे ।
तामाङको निधनको सन्दर्भमा राखिएको शोक पुस्तकमा अध्यक्ष दाहालले  आधुनिक नेपाली राजनीतिमा वैचारिक, निष्ठा र सरलताको प्रतीकका रुपमा स्व तामाङले नेपाली समाजलाई अविस्मरणीय योगदान पुर्याउनुभएको उल्लेख गरे ।  उनको निधनले सङ्क्रमणकालीन नेपाललाई ठूलो क्षति पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले तामाङका सरल गुणबाट शिक्षा लिने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष दाहालले पुस्तकमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । तामाङको पार्थिव शरीरलाई आज दिउँसो स्वयम्भूमा अन्त्यष्टी गरिने छ ।
तामाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र एमाओवादीका प्रवक्ता अग्नि सापकोटा पनि काँग्रेस केन्द्रीय कार्यालय पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार