करण सिंह आएपछि बोली फेरियो : झलनाथ खनाल

१७ मंसिर २०६९, आईतवार १२:५२ मा प्रकाशित

काठमाडौ, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको बाधक प्रधानमन्त्री डा. बाबुराम भट्टराई नै भएको दोहोरयाएका छन् । भट्टराईले पद नछाडेसम्म कुनै सहमति बन्न नसक्ने खनालले स्पष्ट पारेका छन् । राजधानीमा आइतबार आयोजित एक विशेष साक्षात्कार कार्यक्रममा उनले भने– ‘अहिले सहमतिको बाधक सरकार नै हो । बाबुराम भट्टराई प्रधानमन्त्रीबाट नहटेसम्म सहमति सम्भव छैन । मुलुक मुडभेडमा जान्छ त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्छ ।’
अध्यक्ष खनालले बाहिर हल्ला गरिए जस्तो प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बन्न कुनै हालतमा पनि नसक्ने ठोकुवा गर्दै सरकार परिवर्तन नभएसम्म केही पनि नहुने स्पष्ट पारे । उनले यो सरकारले नछाडेसम्म आफूहरुले भावी सरकारको नेतृत्वको नाम नदिने भन्दै सरकारले छाडेपछि साझा नाम तत्कालै दिईने बताए ।
राष्ट्रपतिले दिएको समयभित्रै सहमति जुटाउन आफूले सक्दो प्रयास गरेको र माओवादीसहित सबै दलका नेताहरुलाई टेलिफोन गरिरहेको जानकारी दिदै त्यती गर्दा समेत माओवादीले वार्ताको लागी कुनै प्रयत्न नगरेर सहमति हुन नदिने मनस्थिति बनाएको आरोप लगाए । पछिल्लो समयमा राष्ट्रपतिले समेत प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बने सुनमा सुगन्ध हुन्छ भनेर भनेको र भारतीय नेताको नेपाल भ्रमणको अन्तरसम्बधको विषयमा राखिएको जिज्ञासामा अध्यक्ष खनालले भने– ‘कुनै देशका नेता आउँदैमा यहाँका नेताहरुले बोली फेर्छन् भने ती नेताहरुबाट अब केही हुन सक्दैन ।’
राष्ट्रपतिको आब्हान नमानेर असंैिधानिक भन्दै हिड्ने सरकार आफै असंबैधानिक भएको भन्दै उनले माओवादी र मधेसी मोर्चा सहमतिको बाधक भएको बताए । मुलुकको अहिलेको प्रमुख बाधक भनेकै एमाओवादीको सर्वसत्तावाद भएको भन्दै यो रहेसम्म मुलुकमा निकास र प्रगति असम्भव रहेको उनको विश्लेषण थियो ।
अहिलेको प्रमुख लक्ष्य संविधान निर्माण भएको भन्दै एमाओवादीले नै संविधान जारी गर्न नमानेकोले मुलुक दिशाहिन बनेको आरोप लगाए । उनले संविधान नबन्नुमा एमालेको कुनै गल्ती नभएको दाबी पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार