मध्यभोटेकोसी जलविद्युत् आयोजना सुरु नहुदै स्थानीयको विरोध

११ चैत्र २०६८, शनिबार ०९:४९ मा प्रकाशित

काभ्रे, ११ चैत । स्थानीय बासिन्दाहरुको समेत लगानीमा सिन्धुपाल्चोकमा निर्माण हुन लागेको हालसम्मकै ठुलो जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयले व्यापक विरोध गरेपछि आयोजनाको भविष्य अन्यौलमा परेको छ । चिलिमे जलविद्युत आयोजनाको अग्रसरतामा निर्माण हुन लागेको १ सय २ मेघावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट प्रभावित गाती, मार्मिङ, मानेश्वार लगायत अधिंकाश गाविसका स्थानीयहरुले जलविद्युत आयोजनाले आफुहरुलाई पुरै वेवास्ता गरेको आरोप लगाएका छन् । माओवादीको सिन्धुपाल्चोक हाइड्रोपावर, एमालेको अरनिको हाइड्रोपावर र काँग्रेसको सिन्धुपाल्चोक इनभेष्टमेन्ट कम्पनीलाई एक÷एक प्रतिशत शेयर दिएर राजनीतिक दलको मुखमा बुजो लगाउने प्रयास आयोजनाले गरेको स्थानीयको दाबी छ । भोटेकोशी नदी विश्वको १० उत्कृष्ट नदीमा पर्ने भएकाले नदीको पानी सुरुङमा छिराउन नहुने भन्दै पर्यटन व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका छन् । ¥याफटिङ र क्याकिङको लागि उत्कृष्ट नदी भएकाले जलविद्युत भन्दा पर्यटन व्यवसायलाई बढी महत्व दिनु पर्ने पर्यटन व्यवसायी मेघ आलेको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको