काँग्रेस नेता तामाङको अन्त्येष्टी गरिदै

१७ मंसिर २०६९, आईतवार ११:४८ मा प्रकाशित

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको आज अन्त्येष्टी गरिँदैछ । उनको बौद्ध परम्परा अनुसार स्वयम्भूमा अन्त्येष्टी गर्न लागिएको हो । नेपाल तामाङ संघका सभापति कवेलबहादुर लामाले आइतबार बिहान ११ बजेसम्म नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा पूजा हुने र दिउँसो एक बजे शवयात्रा सुरु हुने जानकारी दिए ।
प्रजातान्त्रिक योद्धा तामाङको हृदयघातका कारण शनिबार निधन भएको हो । तामाङको निधनमा शोक मनाउँदै काँग्रेसले आजदेखि तीन दिनसम्म आफ्नो झण्डा आधा झुकाउने भएको छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेलजीवन र प्रवासमा बिताउनुभएका तामाङ पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका निकट र आत्मीय पात्र रहनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार