भारतीग गृहसचिवद्वारा वीरगञ्जको चेक पोस्ट निरीक्षण

१७ मंसिर २०६९, आईतवार ११:४६ मा प्रकाशित

वीरगन्ज, १७ मंसिर । भारतीय गृहसचिव राजकुमार सिंहले सीमावर्ती रक्सौलको पनटोकामा निर्माणाधीन वीरगन्ज रक्सौल एकीकृत भन्सार चेकपोस्टको निरीक्षण गरी आवश्यक जानकारी लिएको राससले जनाएको छ। कोलकोता बन्दरगाहबाट सबैभन्दा छोटो दूरीमा रहेको निर्माणाधीन आधुनिक सुविधा सम्पन्न भन्सार चेकपोस्टलाई नमुनाको रूपमा विकास गर्ने योजना रहेको बताइएको छ ।
कोलकोता बन्दरगाहबाट वीरगन्जको दूरी ९२४ किलोमिटर छ भने नेपालको अन्य भन्सार नाकाको दूरी योभन्दा बढी नै छ । घनाबस्तीभन्दा केही पर निर्माणाधीन उक्त योजनाको लागि नेपाल र सिमावर्ती भारतीय क्षेत्रमा सम्बन्धित पक्षले जग्गा अधिग्रहण गरी निर्माण कार्य अघि बढाएका छन् । यो योजना भारतीय सरकारको सहयोगमा निर्माण भइरहेको छ ।
सुख्खा बन्दरगाहसहितको आधुनिक सुविधायुक्त एकीकृत भन्सार चेकपोस्ट निर्माणका लागि भारतले वीरगन्ज, भैरहवा, नेपालगन्ज र विराटनगर गरी चार स्थानमा प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार