अदभुत सर्प भेटियो

१७ मंसिर २०६९, आईतवार ०८:०४ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १७ मंसिर । रुपन्देहीको मानमटेरिया गाविस वडा नं ९ गोरौलीमा अदभुत सर्प भेटिएपछि नाग देवता प्रकट भएको भन्दै दर्शन गर्ने र पुजाआजा गर्नेको घुँईचो लागेको छ ।

स्थानिय बासिन्दाका अनुसार पाँच दिनअघि भेटिएको एक सो नागले दिनभरि सो क्षेत्रमा घुम्ने, स्थानियले बनाएको नागको थानमा बस्ने, कुनैबेला देखिने र कुनैबेला नदेखिने, मानिसलाई नडस्ने आदि अदभुत बिशेषता प्रदर्शन गर्दैआएको छ ।
सर्पको सामान्य लम्बाईभन्दा केहि कम लामो हुनु, पुच्छर तिखो नहुनु, एकदम शान्ता रहनु, दुधबाहेक अन्य मांसाहारी भोजन नगर्नु आदि जस्ता गुण र बिशेषता रहेका कारण नाग देवता रहेको स्थानिय बासिन्दाको धारणा छ ।

तिलोत्तमा नदिको किनारमा नाग देवता प्रकट भएको उल्लेख गर्दै स्थानिय पंडित टिकाराम कंडेलले छिट्टै मन्दिर निर्माण गरि नागको संरक्षण गरिनुपर्ने कुरामा जोड दिनु भयो । सो स्थानको उत्तरतर्फ नारायणपुर मन्दिर रहेको उल्लेख गर्दै उहाँले सो नाग सोहि मन्दिरबाट आएको हुन सक्ने पनि बताउनु भयो ।
बिगत ५ दिनदेखि लामो समयसम्म एकै स्थानमा बस्नुले सो नाग नै रहेको र सर्पको बच्चा एकै ठाउँमा बस्दैन भन्ने भनाईभन्दा विपरित भएकाले पनि यस धारणामा प्रवलता मिलेको स्थानिय बासिन्दा पृथ्वी खरेलले स्थानिय एकजना महिलाले हेरचाह गर्ने गरेको पनि बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो