पुष्पा सीएनएन हिरोको अन्तिम दौडमा, संसार भरिका नेपाली व्यग्रताका साथ् प्रतिक्षारत

१७ मंसिर २०६९, आईतवार ०३:१३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, १७ मंसिर । आफ्ना अभिभावक संगै जेल जीवन बिताउन बाध्य निर्दोष बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासमा क्रियाशिल पुष्पा बस्नेत ‘सीएनएन हिरो २०१२’को अन्तिम दौडका लागि क्यालिफोर्निया आइ पुगेकी छिन । अबको करिब २४ घण्टा पछी भोलि अर्थात् डिसेम्वर २ तारिख आइतबार सांझ प्यासिफिक समय ६:०० बजे घोषणा हुने सीएनएन हिरो २०१२ को लागि बिगत केही दिनदेखी पुष्पा बस्नेत आयोजक संस्थाको आतिथ्यतामा क्यालिफोर्नियामा बस्दै आएकी हुन् । संयुक्त राज्य अमेरिकाको लसएन्जल्समा नेपाली समयअनुसार डिसेम्वर २ तारिख आइतबार, प्यासिफिक समय अनुसार साँझ ६ बजे घोषणा हुने भव्य समारोहमा विश्वभरका १० समाजसेवीमध्येबाट एकलाई ‘सीएनएन हिरो’ घोषणा गरिनेछ । यदि पुष्पा बस्नेत सीएनएन हिरो चयन हुन सके सीएनएन टेलिभिजनबाट पुरस्कारस्वरूप ट्रफीका साथ १ लाख २५ हजार डलर पाउने छिन । लसएन्जल्सका पत्रकार सुदिप पन्तका अनुसार यति बेला संसार भरिका नेपालीहरु व्यग्रताको साथ् त्यो क्षणको प्रतिक्षा गरि रहेका छन् त्यसै गरि अमेरिका निवाशी नेपालीहरुको ध्यान पनि भोलि हुने ‘सीएनएन हिरो’ घोषणा समारोह तर्फ केन्द्रित रहेको छ । यदि पुष्पा ‘सीएनएन हिरो’ छनौट भएमा उनले प्राप्त गरेको पुरस्कारको रकम आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य बालबालिकाको हितमा खर्च गर्ने बताएकी छन् । संसारकै प्रतिष्ठित पुरस्कारहरूमध्येमा पर्ने ‘सीएनएन हिरोका लागि सयौं मुलुकका हजारौ समाजसेवीको नाम सिफारिस हुने गरेको छ । करिब आठ महिना अघि इन्टरनेटबाट सुरु भएको छनोट प्रक्रिया अन्तर्गत दुई महिना अघिको उत्कृष्ट १० को सुचि छनौटमा उनी ‘सीएनएन हिरो’को उत्कृष्ट १० मा चयन भएकी थिइन् । सीएनएन टेलिभिजनका चर्चित पत्रकार एन्डरसन कुपरले भोलि घोषणा गर्ने नाममा पुष्पाको नाम परोश भनेर यति बेला उनले हुर्काएका निर्दोष बाल बालिका देखि संसार भरिका नेपालीहरु प्राथना गरिरहेका छन् । ‘आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य बालबालिकाको शिक्षा, स्वास्थ्य, आवासमा क्रियाशिल पुष्पाले यस क्षेत्रका निर्दोष बाल बालिकाको हितमा काम गर्न ढिलाई भै रहेकोमा दुख व्यक्त गर्दै आफुले प्राप्त गरेको सम्मान बाल बालिकाको हितमा समर्पित रहने बताइन । त्यसका लागि उनले आग्रह गर्दै भनेकी छिन, ‘आउनुहोस आफ्ना अभिभावावक संगै जेल जीवन बिताउन बाध्य ति निर्दोष बालबालिकाको हितम काम गर्न हातमा हात मिलाउ ।’ भर्खर २८ वर्ष पुगेकी पुष्पाले यो उपलब्धि हासिल गर्न बितेका ७ वर्षमा निकै अप्ठ्यारा दिनहरु सामना गरेकी छिन । २१ वर्षको उमेरमा उनि एक दिन कारागार पुगिन् र महिला बन्दीगृह देखिन । त्यहा पुष्पाले जे देखिन् त्यसले उनको जिन्दगीको यात्रानै बदलिदियो । जेलमा अभिभावावकहरू थिए साथमा निर्दोष बच्चाहरू पनि । ति निर्दोष बच्चाहरूको कष्टकर जीवनले पुष्पाको मन बिझायो, ‘आमाले गरेको अपराधमा ति निर्दोष बच्चाहरू किन जेलमा, ती निर्दोष बच्चाको के कसुर थियो र जेलमा बस्नुपर्ने ?’ पुष्पाले आफ्नो मनलाई सोधिन् । धेरै दिनसम्म पनि उनलाई प्रश्नले पछ्याई रह्यो । पति हत्याको अभियोगमा जेल परेकी थिइन् सिन्धुपाल्चोककी सन्चमाया तामाङ । उनको काखमा आठ महिनाकी छोरी थिइन् । ‘त्यो सानी केटीको अनुहारले मलाई लखेटिरह्यो,’ पुष्पा भन्छिन्, ‘उनकी आमाले त अपराध गरेकी थिइन्, तर तिनले के गरेकी थिइन् र जेल पर्नु परेको ?’ अनि उनी उत्तरको खोजीमा फेरि जेल पुगिन् । ती आठ महिने बच्चीले उनलाई बोलाइरहे जस्तो लाग्यो । उनले बच्चीका लागि केही गर्न खोजिन् । ‘तर उनकी आमाले मानिन्,’ पुष्पा सम्झिन्छिन, ‘मैले उनकी छोरीलाई हानि गर्दिन्छु भन्ने उनलाई लाग्दो रहेछ ।’ उनले जेलरलाई भेटिन् । ‘जेलभित्र त कुनै सहयोग गर्न मिल्दैन,’ जेलरले भने, ‘बाहिर बच्चा लग्ने भए लैजाऊ, तर त्यसका लागि त दर्ता भएको संस्था चाहिन्छ, छ तिमीसंग ?’ यो जेलरको उनलाई भगाउने प्रश्न थियो । तर पुष्पाले बाटो बदलिनन् । अनेक झन्झट खेप्दै उनले संस्था खोलिन् र नाम राखिन्- ‘अर्लि चाइल्डहुड डेपलपमेन्ट सेन्टर ।’ सुरुमा ढल्कुमा थियो अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टर । त्यसपछि उनी जेलका चार बच्चा दिनहु’ त्यहा’ राख्थिन् र स्याहारसुसार गरेर बेलुका जेलमै फर्काउथिन् । पछि उनले आफैंसंग राख्न थालिन् । तिनलाई स्कुल पठाउन थालिन् । बिस्तारै उनको कामको प्रशंसा गर्नेहरूको समूह पनि ठुलै भयो । दानी र सहयोगीहरू हातहरु भेटिए । समाचारका शिर्ष स्थानमा उनको नाम आउन थाल्यो । उनको गरेको समाजसेवाको प्रशंसा फैलिदै गत वर्ष सीएनएनसम्म पुग्यो। साथीहरुले भने तर उनलाई विश्वास भएन र उनीले एक बिहानै आफ्नो फेस बुकमा पोष्ट भएको www.nepal24hors.comको समाचार पढिन त्यस्तै सीएनएनको समाचार पनि हेरिन जसले उनको कर्मले आर्जेको ख्याती प्रति विश्वास गर्न बाध्य तुल्यायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको