जनकपुरमा हतियार देखाउँदै लाखौंको डकैती

११ चैत्र २०६८, शनिबार ०९:४८ मा प्रकाशित

जनकपुर, ११ चैत । जनकपुर नगरपालिका वडा नं. ८ स्थित बाल्मिकी युवा क्लब नजिकको एक घरमा गएराति डकैती भएको छ ।  राति करिब १ बजे जनकपुर ८ बस्ने रघुवीर रायको घरमा डकैती भएको हो ।  ८÷९ जनाको सँख्यामा रहेका डाँकाहरुको समूहले हतियार देखाएर करिब एक घण्टासम्म लुटपाट गरेको पीडित परिवारले जनाएको छ । डाँकाहरुले सुन  १४ तोला, नगद १ लाख ७५ हजार रुयौयाँ, ४ वटा मोबाईल सेट, भिडियो क्यामरा १ थानलगायतका सामनहरु लुटेर लगेको परिवारले जनाएको छ । नलकटुवा पेस्तोल तथा घरेलु हातहतियारसहित पुगेका डाँकाहरु घरमा प्रवेश गरेका हुन् । तर वडा प्रहरी कार्यालय मुजेलियालाई घटनाका बारेमा जानकारी गराउदा तपाईको घर हाम्रो कार्यक्षेत्रमा  नपर्ने भन्दै प्रहरी घटनास्थलमा पुगेर पनि केही गर्न नसकेको पीडित परिवारले दुखेसो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।