नेपाली मुलका अमेरिकी व्यवसायीद्वारा एक लाख डलरको एएनए नेपाल ग्रामिण बिकाश परियोजना घोषणा

१६ मंसिर २०६९, शनिबार २२:५२ मा प्रकाशित

भर्जिनिया, अमेरिका । नेपाली व्यवसायीद्वारा संचालित सांग्रिला रेस्टुरेन्टमा वाशिंगटन डिसी क्षेत्रमा वशोवाश गर्ने नेपाली मुलका अमेरिकी व्यवसायी बीच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको चाड दशैँ, तिहार, छठ पुजा र अमेरिकामा मनाईने थ्यान्ग्स गिविंग दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा राप्रपा नेपाल संसदीय दलका नेता चन्द्र बहादुर गुरुङ सहभागी हुन् हुनु भएको थियो । कार्यक्रममा सांग्रिला तथा घरए कवाफका संचालकहरु लोकनाथ तिवारी र अर्का संचालक चेतनाथ भण्डारीले सहभागीहरुलाई स्वागत तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो । अनौपचारिक समारोहमा व्यवसायी चेतनाथ भण्डारीले अतिथिहरुहरुको स्वागत गर्नु भएको थियो भने संचालक लोकनाथ तिवारीले मातृभूमिमा पनि आफ्नो समुहले लगानीको सुरुवात गरि सकेको जानकारी गराउनु भएको थियो । लेखा परीक्षक तथा समाज सेवी लक्ष्मण प्रधानले विश्व विकास समुदायको बारेमा जानकारी गराउदै यो परियोजनाको उदेश्य नेपाल र नेपालीको उन्नातिको लागि गर्न लागिएको जानकारी दिनु भएको थियो । कार्यक्रममा व्यवसायी सांग्रिला तथा घरए कवाफका संचालकहरु लोकनाथ तिवारी तथा चेतनाथ भण्डारी सहित २० जनाले ५ हजार डलर जनही लगानी गर्ने गरि एक लाख डलरको एएनए नेपाल ग्रामिण बिकाश परियोजनामा घोषणा गरिएको थियो । उहाँहरुले सबै नेपालीलाई मातृभूमिको विकाशमा योगदान पुर्याउने यो परियोजनामा लगानी गर्न आग्रह समेत गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार