राष्ट्रपतिलाई विवादमा तान्ने काम नगरौं : नेपाल

१६ मंसिर २०६९, शनिबार १८:३७ मा प्रकाशित

चितवन, १६ मंसिर । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिलाई विवादमा तानेर गणतन्त्रलाई कम्जोर बनाउनु नहुने बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता नेपालको भनाई थियो, ‘राष्ट्रपति गणतन्त्रका प्रतीक भएकोले उहाँ माथि कसैले आक्षेप लगाउन हुदैन ।’ राष्ट्रपति रामवरण यादव पूर्व राजा ज्ञानेन्द्रको हालत हुने अभि व्यक्ति दिएर प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो धरातल कमजोर पारिरहेको उनको भनाई थियो ।
राष्ट्रपतिलाई आक्षेप लगाएर, गाली गरेर, विवादमा तानेर गणतन्त्र बदनाम हुनेतर्फ प्रधानमन्त्रीलाई पत्तै नभएको उनको भनाइ थियो । ‘सरकार त हिजो पनि थियो, सिंहदरबार, प्रशासन, प्रहरी, सेना सबै हिजो पनि थिए,’ उनले भने,  ‘तर राष्ट्रपति थिएनन्, गणतन्त्रको यही प्रतिकलाई मानमर्दन र खेलबाड गर्दा आफ्नै खुट्टामा बन्चरो लाग्छ भन्ने तर्फ प्रधानमन्त्रीको होस हराएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार