छिट्टै समहमति गर्नु पर्ने श्रेष्ठको भनाई

१६ मंसिर २०६९, शनिबार १८:२१ मा प्रकाशित

काठमाडौं, १६ मंसिर । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केहीदिनभित्र राष्ट्रिय सहमतिको सरकार गठन हुने बताएका छन् ।
एनेकपा माओवादी प्रथम कटुञ्जे गाउँ सम्मेलनको आज उद्घाटन गर्दै श्रेष्ठले सङ्क्रमणकाललाई छिटो अन्त्य गर्न तत्काल सहमति हनुपर्ने पनि जोड दिए । वैशाखमै संविधानसभाको निर्वाचन गर्नुपर्छ, यसको विकल्प छैन, उनले भने, ‘यसका लागि केही दिनभित्रै राष्ट्रिय सहमति गर्नु आवश्यक छ, निर्वाचन वैशाखका कुन दिन गर्ने, कति सदस्य हुने, निर्वाचन गर्न संवैधानिक सङ्कटको निकास कसरी गर्ने, सहमतिको सरकार कसको नेतृत्वमा बनाउने भन्नेबारेमा सहमति हुनुपर्छ ।’
सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने प्रश्न नै अहिलेको गतिरोधको मूल कारण भएको बताउँदै उनले भने, ‘सत्ता लोलुपता, सबैलाई छ प्रधानमन्त्रीको चाहना र दलहरुबीच विश्वासको सङ्कटका कारण सहमतिमा गतिरोध आएको छ, अब गतिरोधको अन्त्य गर्न सबै दलले लचकता अपनाएर सहमति गर्नुपर्छ, सहमतिबाट कोही भाग्न पाउँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

आजको प्रमुख समाचार