संविधानमा सहमति भए कांग्रेको नेतृत्व मान्न सकिने वैद्यको भनाई

१६ मंसिर २०६९, शनिबार १७:२१ मा प्रकाशित

काठमाडौं, १६ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार आफ्नो पार्टीलाई स्वीकार्य भएको स्पष्ट पारेका छन्। तर, उनले यसका लागि संविधानका विवादित अर्न्तवस्तुमा सहमति गर्नु पर्ने सर्त राखेका छन् ।
उनले विबादित विषयमा सहमति गरेर कांग्रेसले आफ्नो पार्टीको तर्फबाट सभापति सुशिल कोइरालाको नाम तत्काल घोषणा गर्नुपर्ने र सहमतिको खाँका ल्याउने पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लव नेपालक अनुसार कांग्रेसले सहमतिको खाँका ल्याउन नसके आफूहरुको तर्फबाट महासचिव रामबहादुर थापालाई नै सहमतिको प्रधानमन्त्रीको रुपमा अघि बढाउने स्पष्ट पारेका थिए। उनले भने, ‘एकीकृत नेकपा माओवादी र अध्यक्ष प्रचण्डसँग थापालाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भइसकेको छ। कुरा मिलिसकेको छ। प्रचण्ड र बाबुराम भट्टराईलाई मैले नै प्रधानमन्त्री बनाएको हु। थापालाई प्रधानमन्त्री बनाउन किन नहुने थापा प्रधानमन्त्री भए मुलुकले निकास पाउने दावी गर्दै त्यसपछि मात्र अधुरो क्रान्ति र वर्गीय राजनीति सफल हुने विश्वास व्यक्त गरे।’
बाबुराम भट्टराईको नेतृत्वमा सहमति बन्दैन तर थापानै हुनु पर्छ भनेर सत्ताकालागी हामि मरिहत्ते नगर्ने स्पष्ट पार्दै भने, ‘एमाओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराई भने अब प्रधानमन्त्री हुन सक्दैनन् ।’
राष्ट्रपति डा रामबरण यादवले निकासकोलागी मधेसी मोर्चा सहित तीन दलका शीर्ष नेताहरुसँग मात्रै छलफल गरेको प्रति असन्तुष्टि प्रकट गर्दै के आधारमा छलफल गरेको हो भनि प्रतिप्रश्न गरे। उनले आफूहरु तेस्रो वा चौथो शक्ति भएकोले आफूहरुलाई समेत राखेर छलफल गर्नु पर्ने भन्दै त्यसो नगरी आफूहरुलाई बाईपास गरे आन्दोलनमा जाने चेतावनी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र