दलहरु समहमतिमा आउछन् भन्नेमा विश्वस्त छुः राष्ट्रपति

१६ मंसिर २०६९, शनिबार १६:१४ मा प्रकाशित

पोखरा, १६ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले सात दिनको समयसीमा भित्रै राजनीतिक दलहरुले सहमति गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् । आजदेखि पोखरामा सुरु भएको चौथो राष्ट्रिय एड्स सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति डा यादवले थपिएको सात दिनमा राजनीतिक दल र सरकारलाई एक ठाउँमा आएर निकास दिन पनि आग्रह गरे ।
लामो समयसम्म राजनीति अस्थिर बन्दै गएको र देश अनिर्णयको बन्दी भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले राजनीतिक स्थायित्व नै  अहिलेको  देशको मूल आवश्यकता भएको बताए ।
‘अबको सात दिनमा समस्या समाधान भएर आउनेछ भन्नेमा म विश्वस्त छु, मैले दलहरुलाई मिल्नका लागि हात पनि जोडेको छु’ उनले भने, ‘मेरो काम उनीहरुलाई सहमति गर्न लगाउने हो, त्यसका लागि अनुरोध गरेको छु।’
आगामी वैशाखमा निर्वाचन गराउने सरकारको योजना रहेको र अन्य राजनीतिक दल पनि तयार भएकाले उनीहरुले अब सहमति गर्नमा ढिलाई गर्न नहुने राष्ट्रपति यादवको भनाई थियो। ‘सबै मिलेर आएको खण्डमा वैशाखमा चुनाव हुनसक्छ, त्यसपछि गाह्रो छ,’ उनले भने, ‘वैशाखमा चुनाव नभए यो समय अझै लम्बिन्छ।’ पाएको उपलब्धि नगुमोस भन्ने चिन्ता आफूलाई लागिरहेको उनले बताए।
तोकिएको समयभित्रै चुनाव गर्न सबै दलहरु मिलेर अघि बढ्नुपर्ने उनले दोहोर्‍याए। ‘सबै मिलेर चुनाव निश्चित गरेर राजनीतिक परिवर्तनको बाटो कोरेर अघि बढ्नसक्नुपर्छ,’ उनले भने, ‘यो देशमा एकता रहोस्, सामाजिक एकता होस, मेरो चिन्ता नै त्यही हो।’ राष्ट्राध्यक्षको हैसियतले आफ्नो चिन्ता नै देशमा एकता कायम रहोस् भन्नेमा रहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार