पोखरामा सुरु भयो एचआइभी सम्मेलन

१६ मंसिर २०६९, शनिबार १२:४५ मा प्रकाशित

काठमाडौं, १६ मंसिर । एचआइभी एड्स तथा यौन रोगीको संख्यामा कमी ल्याउन र नयाँ रोगीलाई शून्यमा झार्ने उद्देश्यका साथ पोखरामा आज देखि  चारदिने राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
‘एचआइभी सेवामा पहुँच बढाई सहस्राब्दी लक्ष्य प्राप्त गरौँ’ भन्ने नाराका साथ सुरु भएको उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको यो चौथो राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा नेपालसहित विभिन्न देशका दुई हजारभन्दा बढी सरोकारवालाको सहभागिता रहेको केन्द्रका निर्देशक डा। केके राईले जानकारी दिए । निर्देशक राईका अनुसार सम्मेलनमा सरोकारवाला, नीतिनिर्माता, वैज्ञानिक, अनुसन्धाता, शोधकर्ता र संक्रमित तथा प्रभावित व्यक्तिबीच अन्तरक्रिया गराइनेछ ।
एचआइभी एड्सबारे अनुभव आदानप्रदान गरी वैज्ञानिक ज्ञान प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा पाँचवटा प्लेनरी सत्र, ६० वटा वैज्ञानिक सत्र, ७५ वटा पोस्टर प्रदर्शनी, १० वटा क्षमता अभिवृद्धि सत्र र १५ वटा फिल्म समावेश गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार