आज क्षयरोग दिवस, सन् २०५० सम्ममा क्षयरोग उन्मूलन देश बनाउने अभियान सुरु

११ चैत्र २०६८, शनिबार ०९:४६ मा प्रकाशित

काठमाडौ ११ चैत । आज मार्च, २४ तारिख, विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष २४ मार्चलाई विश्व क्षयरोग दिवसका रूपमा मनाइने गरिन्छ । यो वर्षको क्षयरोग दिवसको नारा ‘क्षयरोग बिनाको संसार, मेरो जीवनमै गर्नुपर्छ साकार’ भन्ने रहेको छ । विभिन्न सङ्घ संस्थाहरूले क्षयरोगका सम्बन्धमा शिक्षा र चेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
नेपाल सरकारले सन् २०५० सम्ममा नेपाललाई क्षयरोग उन्मूलन राष्ट्र बनाउने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्र र सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा काशीकान्त झाले नेपाललाई क्षयरोग उन्मुलन देश बनाउने अभियान सुरु भएको जानकारी दिनुभयो । नेपालमा हाल पहिचान भएका क्षयरोगीको निको हुने दर ९० प्रतिशत रहेको र यो विश्व मै उत्कृष्ट नतिजा भएकाले विश्वका धेरै देशले नेपालको क्षयरोगको उपचार विधिलाई अनुसरण गरेको निर्देशक झाले बताउनुभयो । उहाँका अनुसार नेपालमा आव २०६७÷०६८ मा ४५ हजार क्षयरोगी पत्ता लागेकोमा ३५ हजार ९६४ जना क्षयरोगीको प्रत्यक्ष निगरानीमा गरिने डट्स उपचार पद्धतिबाट उपचार भइरहेको छ । एचआइभी सङ्क्रमित व्यक्तिलाई क्षयरोग हुने सम्भावना ७० प्रतिशत हुन्छ । नेपालभरिका एचआइभी सङ्क्रमितमध्ये सुदूरपश्चिममा ३३ प्रतिशत रहेको तथ्याङ्क छ । सुदूरपश्चिममा क्षयरोग निको हुने दर भने ९० प्रतिशत छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ