मुलुकभर प्रभावकारी रुपमा सुपथ मूल्य पसल सञ्चालन गरीने

१६ मंसिर २०६९, शनिबार १२:३६ मा प्रकाशित

काठमाडौ, १६ मंसिर । मुलुकभर सुपथ मूल्य पसल प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ । सरकारले सुपथ मुल्यको पसल सञ्चालन गर्ने नीति प्रभावकारी नभएपछि यसलाई ब्यवस्थित गर्न लागेको छ ।
सरकारले अनुदान दिएर सुपथ मुल्य सहकारी पसल सञ्चालनको ब्यवस्था गरेपनि प्रभावकारी नभएपछि त्यसलाई ब्यवस्थित गर्न लागेको सहकारी बिभागले जनाएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला सबै गाविसमा शुपथ मूल्य पसल सञ्चालन गर्ने नीति सरकारले बनाएको थियो । यसअनुसार नागरिकलाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन सबै गाविसमा सुपथ मूल्य सहकारी पसल सञ्चालनका लागि एकलाख रुपैयाँ अनुदानको व्यवस्था गरिएको थियो । तर सबै गाविसमा शुपथ मूल्य पसल सञ्चालन हुन सकेको छैन र सञ्चालन भएका कतिपय ठाउँमा पनि बन्द भएका छन् । झण्डै ३२ सय गाविसमा मात्र सुपथ मूल्य पसल सञ्चालन हुन सकेको सहकारी विभागले जनाएको छ ।
विभागका प्रमुख केदार न्यौपानेका अनुसार जिल्लामा सरोकारवालाहरुले समिति बनाएर शुपथ मूल्य पसल सञ्चालनको काम गर्नुपर्ने नियम भएपनि यो प्रभावकारी बन्न सकेको छैन । अहिले काठमाडौ लगायतका केही जिल्लामा मात्रै शुपथ मूल्य पसल सञ्चालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको