हात्ती नियन्त्रण खटियो प्राबिधिक टोली

१६ मंसिर २०६९, शनिबार १२:२४ मा प्रकाशित

बारा, १६ मंसिर । जंगली हात्तीको आक्रमणबाट एक हप्ता नबित्दै ४ जनाको ज्यान गएपछि बाराको सपही गाविसमा हात्ती नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको छ । जिल्ला वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षबाट ५ जना प्राविधिक टोली प्रभावत क्षेत्रमा खटाएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका डा. हरिप्रसाद बर्तौला, डा. स्वतन्त्र क्षेत्री, पर्सा वन्यजन्तु आरक्षका वरिष्ठ प्राविधिक विष्णु लामा सहितको टोली हात्ती नियन्त्रणका लागि खटिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख राकेश कर्णले जानकारी दिए । उनका अनुसार हात्तीको नियन्त्रण र व्यवस्थापन नहुञ्जेलसम्म प्राविधिकको टोली हात्ती प्रभावित क्षेत्रमा रहनेछ । जंगलबाट निस्केको हात्तीले सपही, टाँगीयावस्ती लगायतका क्षेत्रमा मान्छेका ज्यान लिनुका साथै वालीनाली नष्ट पारेपछि स्थानीय वासिन्दा डराएका छन् ।
स्थानीयवासिन्दाको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी  र वन रक्षक टोली समेत परिचालन गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।