‘माओवादी समस्या अन्तिम किस्ता मात्र बाँकी’

१६ मंसिर २०६९, शनिबार १२:२२ मा प्रकाशित

काठमाडौं, १६  मंसिर । एमाले नेता केपी शर्मा ओलीले माओवादी समस्याकोअ अन्तिम किस्ता मात्र बाँकी रहेकाले अब मुलुकका लागि खासै समस्या नरहेको बताएका छन् ।
राजधानीमा पार्टीनिकट युवा संघ नेपालको विधान सम्मेलनको कार्यक्रममा बोल्दै नेता ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘माओवादी समस्या अन्तिम किस्ताका रूपमा सिंहदरबारमा मात्र बाँकी छ, त्यो पनि छिट्टै समाधान हुन्छ ।’  ओलीले भने, ‘जनवाद ल्याइदिन्छु भनेर अरूलाई गोली खुवाउनेले बरु गोली खान्छु बालुवाटार छोड्दिनँ भन्छ, कसरी सम्झाउनु ।’
उनले यसअघि जनवाद ल्याउन सहिद हुने उद्घोष गरेका एमाओवादी नेताले बालुवाटार बस्न सहिद हुने उद्घोष गर्न थालेको बताए । ‘हिजो त बरु सहिद होउँला जनवाद नल्याई छाड्दिनँ भन्थे,’ उनले भने, ‘अब त बरु सहिद हुन तयार छु बालुवाटार छोड्दिन पो भन्छन् ।’
उनले सहमतिको सरकार गठन गर्ने राष्ट्रपतिको आह्वान चित्त नबुझे प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनका वकिललाई सर्वोच्च अदालत जान सुझाव दिए । ‘बाबुराम र उनका वकिललाई राष्ट्रपतिको आह्वान चित्त बुझेको छैन भने सर्वोच्च अदालत जाउन्, देखेको छैन भने सिंहदरबारको पश्चिम ढोकाबाट बाहिर निस्केर बायाँ मोडियुन् त्यहीँ छ सर्वोच्च अदालत,’ उनले भने,  ‘आफ्नो बेडरुममा बसेर राष्ट्रपतिको आह्वान संवैधानिक कि असंवैधानिक भनेर जाँच्ने अधिकार छैन ।’
राष्ट्रपतिको आह्वान संवैधानिक कि असंवैधानिक भन्ने बौद्धिक बहसमा मुलुक विभाजित नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीका वकिलले मात्रै असंवैधानिक भनेको तर्क गरे । सत्ताकब्जाको नियतले संविधानसभा भंग गराए पनि एमाओवादी त्यसमा सफल नहुने उनको भनाइ थियो । ‘म माथि छु, भर्‍याङ झिकिदिन्छु अनि को आउन सक्छ भनेर संसद् र संविधानसभा भंग गरेर चुनाव घोषणा गरेको थियो,’ उनले भने, ‘त्यो हुन नसकेपछि फेरि अरू एक दुईवटा चुनाव घोषणा गरौँला भन्ने थियो, राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि बुझ्यो ।’ युवा संघको विधान सम्मेलन भोली सम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार