भारतको ‘गुरुमन्त्र’ सुन्ने नेपाली शीर्ष नेताहरुले

१६ मंसिर २०६९, शनिबार १२:१८ मा प्रकाशित

काठमाडौं, १६ मंसिर । विवादमा रुमल्लिरहेका नेपाली राजनीतिका शीर्षस्थ हस्तिहरूले हिजो साँझ भारतको गुरुमन्त्रा सुनेका छन् । भारतीय दूत करण सिंहको स्वागतमा आयोजित एक भोजमा एमाओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानसेनापति गौरवशमशेर राणासम्मका नेताहरु भारतको सन्देश अर्थात करणको सुझाव सुन्ने मौका पाए ।
ब्यस्त कार्यतालिकासहित नेपाल आएका भारतीय कांग्रेस (आई)का नेता सिंहले पनि राजनीतिक सहमतिका लागि नेताहरूलाई ठूलै डोज प्रवचन दिएएको स्रोतले बतायो ।
राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले सिंहको स्वागतमा आफ्नै निवास महाराजगन्जमा हिजो बेलुकी मदिरासहितको भोज आयोजना गरेका थिए । सो रात्रिभोजमा सिंहले दिल्लीमा भएको १२ बुँदे सहमतिलाई आधार बनाएर जान सुझाव दिएको स्रोतले बतायो । नेपालको राजनीतिक विषयलाई भारतले कहिल्यै हस्तक्षेप गर्न नचाहेको भन्दै उनले आन्तरिक मालिलालाई दलहरूले आफैँ मिलाउनुपर्ने बताउन चुकेनन् ।
‘सरकार कस्तो बन्छ नेपालका राजनीतिक दलले गर्ने निर्णय हो,’ सिंहलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमाओवादी, मधेसवादी र यहाँका संसद्वादी दलहरू मिलेर जानुको विकल्प छैन ।’ विशेष गरेर उनले एमाओवादीलाई बाहिर राखेर नजान संसद्वादी ठूला दलहरूलाई सुझाव दिएको स्रोतको भनाइ छ । घुमाउरो भाषामा एमाओवादीलाई सरकारको नेतृत्व दिनुपर्ने बताएका उनले मधेसवादी दल र संसद्वादी दललाई सहमतीय सरकारमा सहभागी हुन सल्लाह दिए ।
वैशाख वा जेठसम्म निर्वाचन हुनेमा आफू विश्वस्त रहेको सिंहले बताए ।आफ्नो नेपाल भ्रमण सामाजिक र सांस्कृतिक हुनुका साथै केही निजी कामको सिलसिलामा आएको स्पष्ट पार्ने कोसिस उनले गरेका थिए ।
जवाफमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच सहमतीय सरकारबारे परामर्श जारी रहेको बताए । दलहरूबीच सहमति हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीले लचकता देखाउने हो भने सहमतिमा कुनै समस्या नहुने धारणा राखे । उनले एमाओवादीलाई सबैको भावना बुझेर जानुपर्ने सुझाव दिए । सुरुमा राप्रपा अध्यक्ष राणाले रात्रिभोजमा आएका सबै सहभागीलाई स्वागत गरेका थिए । राष्ट्रपति, प्रधानमन्त्री, एमाओवादी, कांग्रेस, एमाले, मधेसवादी दललगायतका शीर्ष नेतालाई भेट गर्ने जनाएका सिंहले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि परामर्श गर्ने स्रोतको भनाइ छ । पूर्वराजपरिवारसित भारतीय नेता सिंहको पारिवारिक सम्बन्ध छ ।
नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने भारतले राजनीतिक अन्योल बढ्दा उच्च नेताहरूलाई पठाउने गर्छ । दोस्रो जनआन्दोलन चरम उत्कर्षमा पुगेका बेला पनि भारतले नेता सिंहलाई काठमाडौं पठाएको थियो । नेता सिंह स्वदेश फिर्ता भएलगत्तै भारतीय पूर्वविदेश–सचिव श्याम शरण नेपाल आउने स्रोतको दाबी छ । रात्रिभोजमा भरतीय नेता सिंह, नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद, भारतीय गुप्तचर संस्थाका नेपाल प्रमुख प्रभाकर कुमारको उपस्थिति थियो ।
पूर्वप्रधानमन्त्री एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा अध्यक्ष राणा, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, राप्रपाका नेता विश्वबन्धु थापा, राजेश्वर देवकोटा, प्रधानसेनापति गौरवशमशेर राणालगायतको सहभागिता रहेको स्रोतले बतायो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भने बोलाइएको थिएन । यसअघि १५ वटा विपक्षी दलका नेतालाई बोलाउने तयारी भए पनि सिंहको सुझावमा मुख्य दलका शिर्ष नेतालाई मात्र बोलाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार