एनआरएनएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

२९ चैत्र २०७८, मंगलवार ०९:०७ मा प्रकाशित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराईने एनआरएनएले जनाएको छ। ९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने गरि हस्तन्तरण गरेको संघका प्रवक्ता सोम सापकोटा जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानगरप्रमुख रेनु दाहालले पसिना बगाएर कमाएकोबाट भएको बचतमार्फत महानगरलाई सहयोग गरेकाे भन्दै धन्यवाद दिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा बद्री केसीले भैपरी आउने समस्याका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए।

नेपालबाहिर ११० बढी देशमा ८० लाख नेपालीहरु बसोवास गर्दै आइरहेको र ती सवैको अभिभावक एनआरएनए रहेको जानकारी दिँदै स्वदेशका हरेक ठाउँमा पुग्ने बताए। भरतपुर महानगरसँग पनि समन्वय सहकार्य गर्दै अघि बढ्न आफूहरु तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्व परिषदको उप–महासचिव ओम गुरुङले महानगरमा भएको विकासबारे प्रशंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले देशमा आपतविपत पर्दा गैरआवासीय नेपाली संघ सधैँ सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका १५ वटा वडाका वडाअध्यक्षहरु लगायत एनआरएनए पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आविस्कार केन्द्रका

काठमाडौं । बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले

गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । एनआरएनएको

आजको प्रमुख समाचार