राष्ट्रपतिको यात्रा छुरीको धारमाः करण सिंह

१६ मंसिर २०६९, शनिबार १२:०५ मा प्रकाशित

काठमाडौ, १६ मंसिर । भारतीय कंग्रेसका प्रभावशाली नेता करण सिंहले राष्ट्रपति रामवरण यादवको यात्रा छाुरीको धारमा भइहरेको बताएका छन् । हिजो राजधानीमा आयोजित ‘मदनमोहन मालवीयको १५० औं जन्मजयन्ती’ समारोहमा सिंहले भने, ‘नयाँ नेपाल निर्माणका निम्ति आफ्नो लक्ष्यअनुसार होसियारीपूर्वक कदम चाल्नुस्, तपाईको यात्रा छरीको धारमा छ ।’
उनले मालवीयको जन्मजयन्ती अवसरमा बनारस हिन्दु विश्वविद्यालयको कुलपतिका हैसियत र नेपालको ज्वाइँका नाताले नेपाल आएको पनि स्पष्ट पारे । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति यादवले भने मदनमोहन मालवीय स्मृतिपुष्प ग्रन्थ विमोचन गरेका थिए ।
राष्ट्रपति यादवले मालवीयको व्यक्तित्वबारे लिखित रूपमा चर्चा गरेका थिए । त्यसैगरी २०६२÷६३ को आन्दोलनमा करण सिंह तथा परिवारबाट पाएको सहयोग प्रशंसा गरेका थिए । त्यसैगरी नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतले मालवीयको व्यक्तित्वबारे चर्चा गरेका थिए । मालवीय बनारस हिन्दु विश्वविद्यालयका संस्थापक तथा पत्रकार, वकिल, शिक्षासेवी र प्रखर वक्ता थिए । सन् १८६१ मा जन्मिएका मालवीयको १९४६ मा निधन भएको थियो । उनी भारत स्वतन्त्रताका निम्ति एक योद्धासमेत भएको जानकारले बताए । काठमाडौंस्थित महामना मालवीय मिसनले स्मृति ग्रन्थको प्रकाशन गरेको हो । साढे चार सय पृष्ठमा समेटिएको ग्रन्थमा अंग्रेजी, नेपाली र हिन्दी गरी तीन खण्डमा मालवीयको व्यक्तित्वबारे विभिन्न व्यक्तिको संस्मरण छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार