रहेनन् स्वच्छ छवीका कांग्रेस नेता भीमबहादुर

१६ मंसिर २०६९, शनिबार १०:१७ मा प्रकाशित

काठमाडौं, १६ मंसिर । स्वच्छ छवीका कांग्रेस नेता भीमबहादुर तामाङको आज विहान हृदय घातका कारण निधन भएको छ । करिब ७८ वर्षीय नेता तामाङ नेपाली राजनीतिमा इमानदार र निष्ठावान नेताका रुपमा परिचित थिए ।
आज बिहान मर्निङ वाकबाट फर्किएका तामाङलाई स्वाँ स्वाँ बढेपछि अस्पताल थापाथलि स्थित नर्भिक असपताल लगिएको थियो । नर्भिक अस्पताल स्रोतका अनुसार तामाङलाई ८ः ४५ मा अस्पताल ल्याइपुर्‍याउँदा  उनको प्राण गइसकेको थियो । असपतालमा उनलाई तुरुन्तै सीपीआर लगायतका विभिन्न चिकित्सकीय प्रत्रिया गर्दा समेत उनमा जीवनको लक्षण नदेखिएको अस्पतालले बतायो ।
अस्पताल स्रोतका अनुसार नेता तामाङको हृदयघातका कारण मृत्यु भएको हो । प्रजातान्त्रिक आन्दोलनका क्रममा राणा शासन र निरंकुश राजतन्त्र विरुद्ध अनवरत संघर्ष गरेका तामाङले आफ्नो जीवन प्रजातन्त्रका लागि समर्पण गरेका थिए। नेपाली कांग्रेस भित्र समाजवादी नेताका रुपमा परिचित तामाङ मित्यु हुनु केहि खसान अघि सम्म राजनीतिमा सक्रिय रहदै आएका थिए ।
राणा शासन तथा निरंकुश राजतन्त्र विरुद्ध लामो संघर्ष गरेका तामाङले आफ्नो राजनीतिक जीवन स्वच्छ राख्न सफल भएका थिए । राजनीतिमा अन्तिम समयसम्म सक्रिय उनी पार्टी केन्द्रीय सदस्य थिए । पूर्व कानून मन्त्री समेत भएका तामाङ पछिल्लो कांग्रेस महाधिवेशनमा सुशील कोइरला र शेरबहादुर देउवासंगै सभापति पदमा प्रतिस्पर्धा समेत गरेका थिए ।
उनको निधनको खबरसंगै कांग्रेस सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ता, सुभेच्छक तथा आफन्तजनको नर्भिक अस्पतालमा भिड लागेको छ । उनको १ छोरा र १ छोरी छन् । उनी ०५४ साल देखि कानुन व्यवसायी तथा कांग्रेसबाट पूर्व सभासद् समेत रहेका राधेश्याम अधिकारीको घरमा बस्दै आएका थिए । गान्धीबाधी सोंचका तामाङ सादा जीवन बिताउँथे । उनी बीपीको समाजवादी चिन्तनबाट प्रेरित थिए । उनको शिक्षा दार्जिलिङमा भएको थियो ।
दोलखा स्थायी घर भएका तामाङ ००७ सालको क्रान्तिदेखि नै सक्रिय रहेर ०१७ मा प्रवास समेत गएका थिए । उनी प्रजातन्त्रका लडाईका क्रममा पटक पटक जेल समेत गएका थिए । उनको पूरा जीवान संघर्षमा बितेको थियो । उनी जनजाति समूदायबाट प्रखर व्यक्तित्वका रुपमा आफ्नो स्थान बनाएका थिए । उनको निधनप्रति कांग्रेस सभापति कोइरालाले गहिरो दुःख व्यक्त गरेका छन् । ‘उहाँले अपनाएको बाटो र सिद्धान्त सबैका लागि प्रेरणादायी छ’ उनले भने । त्यस्तै, उपसभापति पौडेलले प्रखर व्यक्तित्व र अटर सिद्धान्तवादी नेताको निधन भएको दुःख व्यक्त गरे ।
तामाङको शवमा सभापति कोइरालाले पार्टीको झण्डा ओडाइ दिएका छन् । अन्तिम श्रद्धान्जलिका लागि तामाङको पार्थिव शरीरलाई सानेपा स्थित पार्टी कार्यालय लगिएको छ । उनको पार्थिव शरीरलाई अपरान्ह १२ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालयमा राखिने  छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार