अमेरिकी संसदद्वारा डिभी लोटरी कार्यक्रम बन्द गर्ने विधेयक पारित

१६ मंसिर २०६९, शनिबार ०८:११ मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, १६ मंसिर । अमेरिकी संसद हाउस अफ रिप्रेजेन्टेटिभले डिभी भिसा बन्द गर्ने विधेयक पारित गरेको छ । हाउस अफ रिप्रेजेन्टेटिभमा भएको मतदानमा डाइभर्सिटी भिसा बन्द गर्ने पक्षमा बहुमत जुटे पछी डाइभर्सिटी भिसा कार्यक्रम डिभी लोटरी भिसा बन्द हुने भएको हो । प्रत्यक वर्ष विकास उन्मुख देशका ५५ हजार नागरिकहरुले डाइभर्सिटी भिसा कार्यक्रम डिभी लोटरी मार्फत अमेरिका आउने अवसर प्राप्त गरिरहेका थिए । अमेरिकी संसद हाउस अफ रिप्रेजेन्टेटिभमा भएको मतदानमा डिभी लोटरी मार्फत अमेरिका आउने अवसर अब उप्रान्त विदेशमा जन्मिएका उच्च प्राविधीक शिक्षा लिएका दक्ष विद्यार्थीहरुलाई मात्र उपलब्ध हुने छ । हाउस अफ रिप्रेजेन्टेटिभमा भएको मतदानमा डिभी लोटरी भिसा बन्द गर्ने पक्षमा २४५ मत परेको थियो भने डिभी लोटरीको निरन्तरताको पक्षमा १३९ मत परेको थियो । डाइभर्सिटी भिसा कार्यक्रम डिभी लोटरी मार्फत २००२ पछि नेपालका २९ हजार ८ सय ९५ जनाले अमेरिका आउने अवसर प्राप्त गरेका थिए। डिभी लोटरीको सुरुवात सन् १९९५ मा भएको हो भने डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशी नागरिकले अमेरिकामा  स्थाई बासिन्दाको अनुमति पत्र ‘ग्रिनकार्ड’ प्राप्त गर्दै आएका थिए । २०१४ को लागि यो बर्ष भरेको डिभी लोटरीको परिणाम आगामी बर्ष २०१३ को मे महिनामा सार्वजनिक हुनेछ । डाइभर्सिटी भिसा कार्यक्रम आम नेपालीहरुका लागि स्वप्न भुमि अमेरिका आउने सहज र सरल उपाय थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार