म्याद थपिएपछि दलहरु सुस्त, करण सिँहको भ्रमण रहश्यमै

१६ मंसिर २०६९, शनिबार ०७:५२ मा प्रकाशित

काठमाडौं, १६ मंसिर । सहमतीय प्रधानमन्त्री चययनका लागि गत बिहिबार राष्ट्रपतिबाट दोस्रोपटक म्याद पाएपछि पनि दलहरु गम्भीर भएको पाइएन । म्याद थपिएको भोलीपल्ट एकाध नेताहरुबीच टेलिफोनमा कुराकानी भएको बुझिए पनि कुनै उत्साहजनक संकेतहरु त्यसबाट नआएको नेताहरुले जनाएका छन् । दलहरुबीच यस्तै अवस्था जारी रहे थपिएको अवधि पनि परिणामविहीन हुनसक्ने आशंका बढेर गएको छ ।
दलहरुकै आग्रहमा राष्ट्रपतिबाट दोस्रोपटक म्याद थपिएको भोलीपल्ट शुक्रबार गम्भीर वार्ताहरु सुरु गर्ने अपेक्षाहरु गरिएका थिए । तर कांग्रेस सभापति सुशील कोइराला र मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवबीच भएको छलफल र एकाध नेताहरुबीच टेलिफोनमा भएको सामान्य कुराकानीबाहेक थपिएको एक दिन त्यत्तिकै गुज्रिएको छ । यस सन्दर्भमा एमाले नेता भीम रावल भन्छन्, ‘जसले पनि अपेक्षा गर्ने कुरा हो कि थपिएको समयमा गम्भीर वार्ता र छलफलहरु तीब्र रुपमा सुरु गरिनु पर्ने हो तर त्यस्तो चटारो नेताहरुमा देखिएन । यो राम्रो संकेत होइन । यसले सहमतिको सरकार निर्माणमा अर्को एक साता पनि फजुल जाने सम्भावना ह्वात्तै बढाएको छ ।’ उनले सत्ताधारी दलका नेताहरुको अडानकै कारण फेरि पनि ठोस नतिजा नआउने खतरा बढेको आरोप लगाए ।
यस्तै एनेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटा पनि नेताहरुले नयाँ सिराबाट छलफलको थालनी नगरेबाट आश्चर्यमा परेका छन् । म्याद बढाएको भोलीपल्टै दलहरुमा देखिएको सुस्ततालाई नराम्रो संकेतका रुपमा लिन सकिने उनको धारणा छ ।
यसैक्रममा भारतीय कांग्रेसका नेता तथा नेपाल मामलाका जानिफकार मानिने डा. करण सिंहको नेपाल आगमन भएको छ । सिंहको नेपाल आगमनलाई विभिन्न दल तथा नागरिक समाजबाट विशेष नजरले हेरिएको भए पनि अहिलेसम्म उनको भ्रमणको ठोस राजनीतिक अर्थ खोज्न भने सकिएको छैन । राप्रपाका अध्यक्ष पशुपति शमसेर जबराले शुक्रबार राती आफ्नो निवासमा डा. सिँहसहित नेपालका सबैजसो पूर्वप्रधानमन्त्रीलगायत दलका शीर्ष नेताहरु, भारतीय राजदूत जयन्तप्रसादलगायतका व्यक्तिहरुलाई बोलाएर रात्रीभोज दिए पनि त्यहाँ नेपालको वर्तमान राजनीतिक गाँठो फुक्ने वा फुकाउनेगरी कुनै छलफल वा वार्ता नभएको बुझिएको छ । सिंहको नेपाल भ्रमण विशुद्ध पारिवारिक तथा धार्मिक रहेको पशुपति शमसेरले जनाएका छन् । नातामा डा. सिँह राणाका भिनाजु हुन् ।
पशुपति शमसेरको डिनर बैठकमा राजनीतिक विषयमा कुनै कुराकानी नभएको भनिए पनि डा. सिँहले राष्ट्रपति, प्रधानमन्त्रीलगायत दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । आफ्ना नातेदारसमेत रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि सिँहले भेट्ने कार्यक्रम रहेको बुझिएबाट मुलुकको राजनीतिमा सिँहको भ्रमणले कुनै तात्विक असर छोड्ला या नछोड्ला भन्ने तिब्र जिज्ञासा सचेत तप्काले गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार