एमाओवादी चुनावसंग डराएको छ: खनाल

१५ मंसिर २०६९, शुक्रबार २२:११ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही , १५ मंसिर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकार र एमाओवादीका कारण मुलुक अनिर्णयको बन्दी बन्न पुगेको बताउनुभएको छ । अध्यक्ष खनालले एनेकपा माओवादीका कारण मुलुक राजनैतिक, आर्थिक, प्रशासनिक र संवैधानिक संकटबाट गुज्रिरहेको दावी गर्नुभयो । नेकपा एमाले रुपन्देहीको सातौ जिल्ला अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष खनालले यस्तो बताउनुभएको हो । सत्ता बाहिर रहेका सम्पुर्ण पार्टीहरु अहिले पनि आन्दोलनमा रहेको बताउदै अध्यक्ष खनालले सरकारले राष्ट्रपतिले दिएको समय सिमा भित्र राजीनामा नदिए आन्दोलनबाट सत्ताबाट हटाउने दावी गर्नुभयो । सत्ता बाहिर रहेका दलहरुले आगामि बैशाख भित्रै संबिधान सभाको निर्वाचन चाहेको उल्लेख गर्दै उहाले एनेकपा माओवादी नै चुनावमा जान डराएर सहमति गर्न नचाहेको बताउनुभयो । कार्यक्रममा बाल्दै एमाले सचिव बिष्णु पौडेलले एनेकपा माओवादीको अधिनायकवाद र सर्वसत्तावादलाई कसैले नस्वीकार्ने बताउनुभयो । सचिव पौडेलले राजीनामा पत्र खल्तीमा राखेर हिंड्ने प्रधानमन्त्री बाबुराम भट्टराई धेरै दिन टिक्न नसक्ने बताउंदै मुलुकका निकासका लागि दलहरु वीचमा आरोप प्रत्यारोप नभई एकताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य राधा ज्ञवाली, नेत्र पन्थी, नजिर मिया, ठाकुर गैरे, एमाले अञ्चल सचिव खिमलाल भट्टराई, राष्ट्रिय प्रतिनीध परिषद सदस्य कमल गौतम, कपिलबस्तु अध्यक्ष बलराम अधिकारी, नेता देबेन्द्र अधिकारी, लिला गीरि, बाबुराम चौधरी, शिब राज सुबेदी लगाएतले बाल्दै मुलुकको निकासका लागि बर्तमान सरकारले तत्कालै राजीनामा दिनुपर्ने बताउनुभयो एमाले जिल्ला अधिबेशनको बन्द सत्र भोली बिहान देखि शुरु हुदैछ । सर्वसम्मतिको प्रयास भएपनि टुङगो भने लागेका छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार