तमलोपाको जिल्ला अधिवेशन सम्पन्न

१५ मंसिर २०६९, शुक्रबार २१:३० मा प्रकाशित

काठमाडौं, १५ मंसिर । तराई मधेश लोकतान्त्रिक पार्टीको काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । नवगठित कार्यासमितिद्धारा शुक्रबार राजधानीको मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी अधिवेशनको निर्णयहरु सार्वजनिक गरेको छ ।
तमलोपाको अधिवेशनबाट राजनीतिक, आर्थिक र संगठनात्मक प्रस्ताव पारित गरेको छ । पारित प्रस्ताव अनुसार आर्थिक पक्ष सुधारका लागि विभिन्न किसिमको योजनाहरु सरकारले ल्याउनु पर्ने उल्लेख गरिएको छ । प्रस्तावमा कृषिलाई प्रथम प्राथमिकतामा राख्न आनुरोध गरिएको छ ।
मंसीर १० गते राजधानीमा भएको अधिवेशनबाट अध्यक्ष पदमा भोटे बाबु पोडे, उपाध्यक्ष द्वयमा अर्जुन रंजित र ध्वजमान मुक्तान रहेका छन् । त्यस्तै सचिवमा मुरली सिंह, सह–सचिवमा भानु खडका र कोषध्यक्षमा अंशु अर्याल रहेका छन् । त्यसैगरी सदस्यहरुमा शान्त महर्जन, कृष्ण लाल पोडे, गीता श्रेष्ठ, मोहनबहादुर बस्नेत, बसन्त खरेल, महेन्द्र प्रसाद गुप्ता, राधाकृष्णा कार्की, नमिता देव, जयराम तामाङ, विनोद तामाङ, रुस्तम खड्का, रामकृष्ण बस्नेत, बिनु कार्की, सानुमाया देउवा र मिका सिंह रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार