कारागारका बन्दी एसएलसी दिनबाट वन्चित

११ चैत्र २०६८, शनिबार ०७:०७ मा प्रकाशित

यज्ञराज थापा, दैलेख, ११ चैत । जिल्ला कारागारमा रहेका तिनजना बन्दी एसएलसी परीक्षामा सम्मिलित हुनबाट वन्चित भएका छन् ।
कर्तव्य ज्यान मुद्धामा कारागारमा बन्दी जिवन विताईरहेका भवानी गाविस वडा नं.१ का १९ वर्षिय ईश्वरी बोगटी,नारायण नगरपालिका वडा नं.६ का १७ वर्षिय सुवास केसी र सिगांसैन गाविस वडा नं.७का १८ वर्षिय जगतवहादुर भण्डारी गत चैत ७ गतेदेखि संचालन भएको एसएलसी परीक्षामा सम्मिलित हुनबाट वन्चित भएका हुन् ।
र् शिक्षा कार्यालयको लापरबाहीका कारण परीक्षामा सहभागी हुन पाएनौ’ बन्दी सुवास केसीले भने र्, शिक्षा नितीका कुरा गरेर समयमै निवेदन नदिएको आरोप लगाई परीक्षा दिनबाट वन्चित गराईयो ।’ उनी लगायत अरु बन्दी परीक्षार्थीहरुले परीक्षामा सम्मिलित हुनका लागि करीव एक महिनाअघि शिक्षा कार्यालयमा निवेदन दिएको जानकारी दिए ।
जिल्ला कारागारका जेलर शारदाप्रसाद श्रेष्ठले जिल्ला सुरक्षा समितीको निर्णयबाट कारागारलाई केन्द्र निर्धारण गर्नुपर्ने र त्यसका लागि मंसिरमै निवेदन दिनुपर्ने कुरा शिक्षा कार्यालयबाट जानकारी नआएका कारण बन्दीहरु परीक्षामा सम्मिलित हुन नपाएको वताए । जिल्ला शिक्षा अधिकारी हेमराज पुंजाराले भने बन्दी परीक्षार्थीको विषयमा कार्यालयलाई जानकारी नभएको भन्दै समयमै जानकारी गराएपछि मात्र परीक्षा केन्द्र निर्धारण गरीने हुदा कारागार केन्द्र निर्धारण गर्न नसकेकाले बन्दीहरु परीक्षामा सम्मिलित हुन नपाएको दावि गरे । त्यसैगरी प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले परीक्षा केन्द्र एक महिनाअघि नै तोकिने हुदा बन्दीहरुले निवेदन नदिदा परीक्षामा बन्चित भएको बताए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७